मंसिर १, काठमाडौँ-मुलुकभरका न्यायाधिसहरुको दोश्रो राष्ट्रिय सम्मेलन आजदेखि शुरु हुँदैछ । सम्मेलनको उद्घाटन राष्ट्रपति डा. रामवरण यादवले गर्ने कार्यक्रम रहेको आयोजक सर्वोच्च अदालतका सहप्रवक्ता बाबुराम दाहालले जानकारी दिए । दाहालका अनुसार सम्मेलनमा प्रधानमन्त्री, संविधानसभाका अध्यक्षलगायत सहभागी हुने भएका छन् । ३ दिनसम्म चल्ने सम्मेलमा भोलि र पर्सी विभिन्न विषयमा छलफल हुनेछ । भावी संविधानमा न्यायपालिकाको स्थान र संरचना, न्यायपालिका भित्रको आन्तरिक सुधारलगायतका विषयमा छलफल हुने भएको छ ।
न्यायाधिसहरुको दोस्रो राष्ट्रिय सम्मेलन सुरु
