कार्तिक २९ काठमाडौँ-अमेरिका बसेर उपचार गराइरहेका एमाले वरिष्ठ नेता झलनाथ खनाल आज स्वदेश फर्किएका छन् । सरकारी खर्चमा अमेरिकाको जोन हप्किन्स अस्पतालमा उपचार गराएर स्वदेश फकिएसँगै उनले त्रिभुवन बिमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै विवादित विषयमा सहमतिका लागि संवाद समितिलाई पाँच दिन समय दिनुपर्ने र सहमतिमै संविधान बन्नु पर्ने बताएका छन् । पिसाब नलीको उपचारका लागि उनी डेढ महिना अघि अमेरिका गएका थिए ।
समितीको समय ५ दिन बढाउँ र निष्कर्ष निकालौँ : खनाल
