२९ कात्तिक, काठमाडौं । एसीसी यू १९ प्रिमियर क्रिकेटमा नेपालले यूएईलाई २५१ रनको लक्ष्य दिएको छ । जवाफी व्याटिङ थालेको यूएईले ताजा आवस्थामा २० ओभरको समाप्तीसँगै ३ वीकेटको क्षतिमा ६७ रन जोडेको छ । त्यसअघि टस हारेर पहिले व्याटिङ गरेको नेपालले पुरै ओभर खेल्दै ९ विकेट गुमाएर २५० रन बनायो । खराब सुरुवात गरेको नेपालका ओपनर सुनिल धमला खाता नखोली बाहिरीए । त्यसपछि लयमा फर्किएको नेपाली टोलीका सन्दिप सुनार र आरिफ शेखले दोस्रो विकेछका लागि ५२ रनको साझेदारी गरे । तेस्रो विकेटका लागि आरिफले शंकर रानासँग ८३ रनको साझेदारी गरे । शंकर रानाले ४८ रन, प्रेम तामाङले ४६ रन जोडे भने नावौं नम्बरमा व्याटिङ गर्न आएका यागेन्द्र कार्कीले अविजित ३५ रन जोडे । अफगानसँग ५ विकेटले पराजित नेपालको उपाधि सम्भावना गणितीय हिसाबमा मात्र बाँकी छ ।