कात्तिक २९, काठमाडौँ-नेकपा माओवादीको केन्द्रीय समितिको बैठक आज शुरु हुँदैछ । बैठकमा पार्टीको आन्तरिक द्वन्द्ध तथा आगामी कार्यदिशा लगायतका विषयमा छलफल हुने प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् । बैठक बिहान ११ बजे पार्टी कार्यालय बुद्धनगरमा शुरु हुनेछ । कपिलवस्तुमा दुई दिने भेला गरेको सचिव नेत्रविक्रम चन्द विप्लव पक्षले भने केन्द्रीय समिति बैठक बहिष्कार गर्ने जनाइरहेका बेला सोही विषयलाई गम्भिर रुपमा छलफल गर्ने माओवादीले जनाएको छ ।
नेकपा माओवादीको केन्द्रीय समितिको बैठक आजदेखि शुरु हुने
