कात्तिक २८ काठमाडौँ-आज विश्व मधुमेह दिवस विविध कार्यक्रम गरी नेपालमा पनि मनाइदैछ । दिवसको उपलक्षयमा आज सरकारी तथा गैरसरकारी संघ संस्थाले विभिन्न जनचेतानामुलक कार्यक्रमको आयोजना गरेका छन् । सन् १९९१ देखि मनाउन थालिएको यो दिवसका अवसरमा मधुमेह रोग सम्बन्धी जनचेतना जगाउन विभिन्न कार्यक्रम गरिदै आइएको छ । मधुमेह उपचारका लागि प्रयोग गरिने इन्सुलिन बनाउन महत्वपूर्ण भूमिका खेलेका वैज्ञानिक फ्रेड्रिक व्यान्टिङको जन्मदिनको सम्झनामा हरेक वर्ष १४ नोभेम्बरमा दिवस मनाउने गरिन्छ । विश्वमा हाल २८ करोड ५० लाख मानिस मधुमेहबाट पीडित छन् ।
आज विश्व मधुमेह दिवस विविध कार्यक्र गरी मनाइदै
