कात्तिक २७, काठमाडौँ-आगामी मंसिर १३ गते हुने ‘मिस अर्थ २०१४’मा सहभागी जनाउने फिलीपिन्स पुगेकी नेपाली सुन्दरी प्रिन्सा श्रेष्ठले ८५ देशका सुन्दरीहरूसँगै सोमबार आफूलाई विकिनीमा प्रस्तुत गरिन् ।
फिलिपिन्सको ‘यूनिभर्सिटी अफ द फिलिपिन्स थिएटर’मा हुने प्रतियोगितामा २२ वर्षे यी नेपली सुन्दरीले आफूलाई ग्ल्यामर रुपमा यसरी प्रस्तुत गरेकी थिइन् । उपाधि विजेता सुन्दरीलाई मिस अर्थ भेनेजुएलाकी एलिज हेनरिकले नयाँ सुन्दरीलाई ताज लगाइदिने छिन् ।