कात्तिक २६, काठमाडौँ-नेकपा माओवादीका सचिव नेत्र बिक्रम चन्द पक्षले छुट्टै बैठक डाकेको छ । तत्कालिन नेकपा माओबादीबाट बाहिरिएर भुमिगत संघर्षको तयारीमा चन्द पक्ष रहेको सार्बजनिक भैरहेको बेला चन्दले आफु पक्षका नेताहरुको छुट्टै भेला बोलाएका हुन् । चन्दले केन्द्रले डाकेको पदाधिकारी, पोलिटब्यूरोलगायत बैठक बहिष्कार गर्दै छुट्टै भेला बोलाए पछि पार्टी फुटको संघारमा पुगेको हो । पार्टी कार्यदिशाहिन भएको भन्दै असहमती जनाएर तत्कालिन नेकपा माओवादीबाट बाहिरीएको बैद्य नेतृत्वको नेकपा माओवादी फेरी फुटको संघारमा पुगेको हो । भेला राजधानी बाहिर हुने बताइएको छ ।
माओवादी सचिब चन्दले डाके गोप्य भेला
