कात्तिक २०, काठमाडौँ-कुनै बला कात्तिक महिनाभर मनाइने कात्तिक नाच अहिले करिब एक साता मात्रै मनाउन थालीएको छ । मल्लकालीन इतिहास बोकेको सैयौँ बर्ष पुरानो यस नृत्यको यो बर्षका लागी आज समापन हुने भएको छ । यही ९ गतेदेखि सुरु भएकोनाच समापनको अन्तिम दिन आज वस्त्रहरण लीला नाच देखाएर समापन गरिने कार्तिक नाँच संरक्षण समितिले जनाएको छ । मल्लकालीन धरोहरका रुपमा रहेको कात्तिक नाच सिद्धिनरसिंह मल्लले विसं १६९७ देखि देखाउन सुरु गरेका थिए ।
वस्त्रहरण लीला नाचसँगै कात्तिक नाच आज समापन हुने
