कात्तिक १९ ,चितवन-प्रधानमन्त्री सुशील कोइरालाले सबैलाई समेटेर समयमानै संविधान जारी गरिने बताएका छन् । प्रजातन्त्र सेनानी श्यामकृष्ण प्रधानको स्मृतिमा नेपाल प्रेस युनियन चितवनको नाममा स्थापना गर्न लागेको अक्षयकोष रकम हस्तान्तरण समारोहमा उनले दुई तिहाई मतबाट पेलेर संविधान बनाउने उद्देश्य आफ्नो नरहेको स्पष्ट गरे । उनले संविधान बनाउने कुरामा प्रचण्डजीहरु सकारात्मक भएको र संविधान बन्न कसैले नदिए त्यसलाई जनताले नछाड्ने दाबी गरेका छन् । अबको द्वन्द्व मुलुकले थेग्न नसक्ने बताउँदै प्रधानमन्त्री कोइरालाले विगतमा संवैधानिक राजतन्त्र मान्दै गर्दा उनीहरुकै कारण जसरी राजतन्त्र समाप्त भयो त्यसैगरी जनतासँग जोरी खोज्ने आफँै समाप्त भएर जाने बताए ।