रंगरोगन,वृक्षारोपण,नारायणचौ र कमलपोखरी पार्क निर्माणका लागि तीनवटा प्याकेजमा ठेक्का लगाई काम सुरु भइसकेको तिवारीले बताए । सम्मेलन तयारीका लागि बनेको सरसफाइ उपसमिति र भौतिक पूर्वाधार उपसमितिमा निर्णय भएकाले आफूले काम सुरु गरेको उनले जिकिर गरे । ‘तर ती उपसमितिमा मन्त्रालयको तर्फबाट प्रतिनिधित्व नहुँदा कामको स्वामित्व लिने कुरामा समस्या भएको हो’ उनले भने ।
उनले सिनामंगलदेखि –माइतीघर,माइतीघर –नारायणहिटी ,महाराजगञ्जलगायतका सडकका दायाँबायाँका पर्खाल रंगाउन थालेका छन् । यस्तै तीनकुनेदेखि माइतीघरमा वृक्षारोपण गर्ने भनिएको छ ।
अहिले अधिकांश सरकारी निकायले सार्क नाममा केही निर्माण वा खरिदको बजेट माग गरिरहेका छन् । ‘सम्मेलनलाई एकथरीले फाइदा लिने अवसर ठानेका छन्,’ स्रोतले भन्यो । सार्कका लागि भन्दै यतिवेला निर्माण वा खरिदको जिम्मा पाए त्यसबापतको कमिसन त हात लाग्छ नै ,अड्डामा भोलि पनि सुविधा बढ्छ । त्यसैले बजेट माग गर्ने प्रत्येक निकायले सवारी साधन किन्न बजेट माग गरेका छन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।