कात्तिक १८, काठमाडौँ -एमाओवादीका अध्यक्ष पुष्प कमल दाहालले सक्तासाझेदार दल नेपाली काँग्रेस र नेकपा एमाले दुवै पार्टी परिवर्तन नचाहाने यथास्थितीवादी भएको आरोप लगाएका छन् । मंगलबार झापामा बोल्दै प्रचण्डले काँग्रेस र एमालेले २०४७ सालको संविधान ब्युँताउन खोजेको भन्दै उनीहरुलाई यथास्थिीतिवादीको संज्ञा दिएका हुन् । २२ दलीय मोर्चाका संयोजकसमेत रहेका अध्यक्ष प्रचण्डले बाहेक अर्को विकल्प नभएको पनि स्विकार गरेका छन् । उनले भने मोर्चाको पहिलो सर्त मात्र संविधान भएको दोहोर्याए । अघिल्लो संविधानसभाबाटै सहमति भइसकेका मिश्रित निर्वाचन प्रणाली, पहिचान र सामथ्र्यको आधारमा सङ्घीयताको निर्माणलगायतका बुँदालाई लत्याएर दुबै दलले २०४७ सालको जस्तो बहुमतीय निर्वाचन प्रणाली, राजाले घोषणा गरेजस्तो पाँच विकास क्षेत्रलाई नै थपघट गरी प्रदेश बनाउनेजस्ता प्रस्ताव अघि सारेर संविधानसभालाई भाँड्ने कुनियत राखेको उनले बताए ।
यथास्थितीवादीले २०४७ सालको संविधान दोहोर्याउन चाहे: प्रचण्ड
