कात्तिक १७, काठमाडौँ-काठमाण्डौं उपत्यकामा आज बिहान बाक्लो हुस्सु लागेका कारण मुलुकको एक मात्र विमानस्थल त्रिभुवन विमानस्थलमा हवाई उडान प्रभावित भएको छ । उपत्यकाको हावामा पानीको मात्रा अध्यधिक भएको र सापेक्षिक आद्रता समेत करिब शतप्रतिशत भएकाले हुस्सु लागेको मौसम पूर्वामानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बिहान हुस्सु लागेपनि सोमबार दिउँसो भने मौसम सफा हुदै जाने तथा बेलुकी पख पहाडी क्षेत्रमा मौसम बद्ली हुनछ । हवाई उडानका लागि कम्तिमा पनि २५ सय मिटरदेखि ३ हजार मिटरसम्मको भिजिबिलिटी आवश्यक पर्नेमा आज बिहान ५ सय मिटर मात्र भिजिबिलिटी भएकाले उडान प्रभावित हुन पुगेको महाशाखाले जनाएको छ ।
उपत्यकामा मौसम प्रतिकुलताका कारण उडान प्रभावित
