कात्तिक १७, काठमाडौँ – जिन्दगी र मृत्युबीच रौं बराबरको मात्र फासला हुन्छ। शुक्रबार राति इलामबाट काठमाडौं आउँदै गरेको ना५ख ४८४१ नम्बरको बस यात्रुलाई मकवानपुरको बस्तीपुर पुग्नु एकछिन अघिसम्म पत्तो थिएन, जिन्दगी केही बेरमै समाप्त हुँदैछ।
त्यही बेला महेन्द्र राजमार्गको फराकिलो सडकमा ना४ख ५४४८ नम्बरको बस तीव्र गतिमा पूर्व हानिइरहेको थियो। चालक चितवनको रामनगरदेखि नै बस मालिकसँग झोक्किएका थिए। त्यसमाथि मदिराले ह्वात्तै बढाइदिएको उत्तेजना उनी एक्सिलेरेटरमाथि पोखिरहेका थिए।

यही उत्तेजना र रिसको झोकमा आँखा नदेखेका चालकले इलामबाट आउँदै गरेको बसमा आफ्नो गाडी ड्याम्मै जोते।
दुर्घटनामा दुवै बसका गरी १० जनाको मृत्यु भयो, ३२ घाइते भए।
जिन्दगी र मृत्युबीच रौं बराबरको मात्र फासला हुन्छ, तर फगत एक व्यक्तिको लापरबाही र गल्तीले १०–१० जना निरपराधको ज्यान जाने अवस्थालाई रौं बराबरको फासला मान्न सकिन्न। यो वर्षौंदेखि खप्टिँदै आएको सडक अनुगमन निकायको कमजोरी र कानुनी दण्डहीनताको उपज हो।
मकवानपुर दुर्घटनामा ज्यान गुमाएका इलामका ६ जना विद्यार्थी काठमाडौं जान हाँस्दै–नाच्दै बस चढेका थिए। उनीहरू राजधानीमा क्याम्पस पढ्दै थिए। दसैं–तिहारमा घर आएका उनीहरू छुट्टी सकिएपछि फर्किंदा लापरबाह चालकको सिकार भए।
यो घटनापछि इलाम शोकमा छ। आइतबार दिउँसो एकै दिन चार जनाको अन्त्येष्टि गर्दा माइखोलामा २ हजार ५ सय मलामी आएका थिए। शोक मनाउन बजार र स्कुल सोमबार बन्द गरिने भएको छ।
‘जन्मेपछि मर्नु अनौठो होइन, तर यस्तो त्रात्रसदीपूर्ण मृत्यु शत्रुले पनि भोग्न नपरोस्,’ मकवानपुर दुर्घटनामा सन्तान गुमाएका इलामेली अभिभावक भन्दै थिए, ‘पढ्न पठाएका छोराछोरी दुर्घटनाले रगतपच्छे हु“दै मरेको देख्नुपर्यो्।’
यसअघि असोज २० गते डोटीको छतीवनमा भएको सवारी दुर्घटनाले पनि सिंगो गाउँ शोकमा डुबाएको थियो। सरस्वतीनगर गाउँकै २० जनाले उक्त दुर्घटनामा ज्यान गुमाएका थिए। दिन जति बिते पनि त्यो घाउबाट सरस्वतीनगरबासी अझै छट्पटाइरहेकै छन्।
दसैंको घटस्थापनादेखि आइतबारसम्म ३९ दिनमा देशभरका दुर्घटनाको तथ्यांक केलाउने हो भने सवारी अनुगमनको कमजोरी र दण्डहीनताले कति भयानक स्थिति ल्याइसकेछ भन्ने अझ छर्लंग हुन्छ, जहाँ मुटु चिरिने छट्पटी र आँसुको भेल थामिनसक्नु छ।
प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार डेढ महिनाभन्दा कम अवधिमा देशभर १ हजार ८३ सवारी दुर्घटना भएका छन्। त्यसमा २ सय ८३ जनाको ज्यान गएको छ भने ५ सयभन्दा बढी गम्भीर घाइते भएका छन्। सामान्य घाइते हुनेको संख्या हजार नाघेको छ। ज्यान गुमाउनेमा चार जना काठमाडौंभित्रकै घटनामा परेका हुन् भने बाँकी काठमाडौं बाहिर।
दुर्घटनाको यति विकराल स्थिति यसपालि मात्र देखिएको होइन।
गत वर्ष पनि घटस्थापनादेखि छठसम्म देशभरका ७ सय ५५ दुर्घटनामा १ सय ७९ जनाले ज्यान गुमाएका थिए। ट्राफिक प्रहरीले पोहोरको दुर्घटना दर हेरेर यसपालि दसैं–तिहारमा कडा सवारी अनुगमन गर्ने दाबी गरेको थियो। त्यसअनुरुप ट्राफिक परिचालन गरिएको पनि बताएको थियो। नतिजा भने ठिक उल्टो आयो। दुर्घटना संख्या पोहोरभन्दा बढी भयो, ज्यान गुमाउने पनि बढे।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख डिआइजी केशव अधिकारी हरेक दिनजसो देशका विभिन्न स्थानबाट दुर्घटनाका खबर आइरहेको बताउँछन्।
‘दुर्घटनामा कमी ल्याउन सरकारले विभिन्न पहल थाले पनि दिनहु“ बढेका बढ्यै छन्,’ उनले आइतबार नागरिकसँग भने, ‘चाडबाडको समय चालकदेखि बस व्यवसायीमा बढी पैसा कमाउने लोभ हुन्छ, उनीहरू क्षमताभन्दा बढी यात्रु कोच्छन्, बेपरबाह हुइँक्याउँछन्। बढी दुर्घटना हुनुको कारण यही हो।’
दसैंयता भएका सबैजसो दुर्घटनामा चालक र व्यवसायी नै बढी दोषी देखिएको उनले बताए।
यस अवधिमा सबैभन्दा ठूलो दुर्घटना असोज २० गते भएको थियो। डोटीको छतिवनमा बस खस्दा दसैं मनाएर घरबाट हि“डेका ३० जनाको मृत्यु भएको थियो। कम उमेरका चालकले खराब सडकमा क्षमताभन्दा बढी यात्रु राखेर तीव्र रफ्तारमा सवारी हाँक्दा उक्त दुर्घटना भएको प्रहरी अनुसन्धानले देखाएको छ।
त्यस्तै, कात्तिक ७ गते नुवाकोटमा भएको दुर्घटनामा १४ जनाको ज्यान गयो। चालकले पत्ता अड्याउने ह्यांगर भाँचिएको बस जबर्जस्ती चलाउँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।
प्रहरी प्रवक्ता माधव जोशी पनि तीव्र गति, ओभरलोड र सार्वजनिक सवारीको जा“च प्रणाली कमजोर हुनु दुर्घटनाका कारण भएको बताउँछन्। ‘हामीले सबै दुर्घटनाको सूक्ष्म अध्ययन गरिरहेका छौं,’ उनले भने, ‘दोषी देखिएका सबैलाई कारबाही गर्नेछौं।’
महाशाखाको तथ्यांकअनुसार काठमाडौं उपत्यकाभित्र मात्र मासिक औसत चार सय सवारी दुर्घटना हुने गरेका छन्। यो भनेको दैनिक १३ भन्दा बढी हो। यसमा चालक लापरबाही सबभन्दा बढी पाइएको छ। असोजमा ३ सय ४१ दुर्घटना भएकामा चालक लापरबाही ३ सय ११ छ। त्यसअघि भदौमा ४ सय १८ दुर्घटना भएकामा ३ सय ८६ चालक लापरबाहीकै कारण भएका थिए।
महाशाखाले उपत्यकाको सवारी दुर्घटनाबारे गरेको अनुसन्धानले पनि ‘तीव्र गति’ लाई नै मुख्य कारण बताएको छ। बस, माइक्रोलगायत सार्वजनिक सवारीले ‘जिगज्याक’ चलाउँदा, लेन अनुशासन मिच्दा, तीव्र गतिमा ओभरटेक गर्दा, गलत ओभरटेक र गलत ढंगले मोड्दा, अरू सवारीलाई बाटो नदिँदा र पेलेर चलाउन खोज्दा बढी दुर्घटना भएको अनुसन्धानको निष्कर्ष छ। उपत्यकामा पहिल्याइएका यी कारण राजमार्गमा भएका सवारी दुर्घटनासँग पनि मेल खान्छन्।
ट्राफिक प्रहरीले आफ्नै अनुसन्धानबाट दुर्घटनाका कारण तथ्यांकसहित पहिचान गरे पनि त्यसको नियन्त्रणमा भने कुनै सफलता हासिल गर्न सकेको छैन।
महाशाखा प्रमुख अधिकारी फितलो कानुन व्यवस्थाले नै ट्राफिकको हात बाँधिएको जिकिर गर्छन्।
‘ट्राफिक नियम उल्लंघन गर्नेलाई एक कप चियाको मूल्य बराबर जरिवाना छ, यो हदसम्मको लचिलो कानुन भएपछि सवारी नियम कसरी पालना हुन्छ?’ उनले भने, ‘जबसम्म कानुन मजबुत हुँदैन र दोषीलाई कडा सजाय दिने अधिकार हामीसँग हुँदैन, तबसम्म ट्राफिक नियम पालना गर्न कोही गम्भीर हुँदैनन्।’
उनको भनाइमा सत्यता छ।
सवारी व्यवस्था ऐन २०४९ ले जुन खालको ट्राफिक नियम र सवारी चाप परिकल्पना गरेको थियो, त्यो २२ वर्ष पुरानो भइसक्यो। अहिलेको सवारी चाप र दुर्घटनाको प्रकृति त्योभन्दा भिन्न छ। उक्त ऐनअनुसार नियम पालना नगर्नेले बढीमा २ सय रुपैयाँ तिरेर सजिलै उन्मुक्ति पाउँछन्। तपाईं जतिसुकै तीव्र गतिमा गाडी कुदाउनुस्, दुर्घटना नभएसम्म ट्राफिक प्रहरीले समातिहाले पनि २ सय रुपैयाँमा सजिलै छुट्कारा पाइन्छ। अझ ‘जेब्रा क्रसिङ’ मा पेलेर पैदल यात्रुको अधिकार मिच्ने सवारी चालकले त जम्मा ५० रुपैयाँ तिरे पुग्छ।
कानुनले दुर्घटनापछिको अवस्थाभन्दा हुनै नदिन कडा प्रावधान राख्नुपर्छ। तर, सवारी नियमनको क्षेत्रमा यो मान्यता पालना भएको छैन। मादकपदार्थ सेवन (मापसे) को घटनामा सबभन्दा बढी हजार रुपैयाँसम्म जरिवाना लिने गरिएको छ। यसका लागि पनि यातायात व्यवस्था ऐनका आधारमा विशेष अधिकार प्रत्यायोजन गरिएको हो। अन्य किसिमका ट्राफिक नियमनमा भने कानुन एकदमै फितलो भएको अधिकारी बताउँछन्।
नियम–कानुनको कतिसम्म धज्जी उडाइएको छ भने, चालकहरू क्षमताभन्दा बढी यात्रु कोच्छन्, अनि ट्राफिक प्रहरीलाई पाँच सय रुपैयाँ जरिवाना बुझाएर चिट बनाउँछन्। त्यही चिटको भरमा खाँदाखाँद यात्रु बोकेर हिँड्छन्। बाटोमा दस ठाउँमा चेकिङ हुँदा पनि कहीँकतै रोकतोक हुन्न।
‘२०४९ सालको सवारी संख्या र सडक हेरेर अहिलेसम्म त्यही कानुन कार्यान्वयन गरिराख्नु सान्दर्भिक होइन,’ अधिकारी भन्छन्, ‘प्रचलित कानुनका दफा संशोधन गरेर कडा प्रावधान लागू नगरेसम्म सवारी चालकलाई जिम्मेवार बनाउन सकिँदैन।’ यसका लागि ट्राफिकको हातमा हदैसम्म कारबाही गर्नसक्ने पूर्ण अधिकार दिनुपर्ने र अनुगमन संयन्त्र प्रभावकारी बनाउनुपर्ने उनको भनाइ छ।
‘एसी भएको कोठामा बसेर चिन्तित हुँदैमा दुर्घटना रोकिन्न, कडा कदम चाल्नुपर्छ,’ डिआइजी अधिकारीले भने, ‘जबसम्म सडकमा ट्राफिक देख्नेबित्तिकै चालकमा डर पैदा हुन्न, तबसम्म दुर्घटना रोक्न सकिन्न।’
ट्राफिक नियमको कडा कार्यान्वयनसँगै लाइसेन्स लिने प्रणालीमा पनि सुधार गर्नुपर्ने उनले बताए। सार्वजनिक सवारी चलाउने अधिकांश चालक सानो उमेरका छन्। उनीहरू शारीरिक र मानसिक रूपले परिपक्व भइसकेका छैनन्। अधिकांश दुर्घटना २७ वर्षमुनिका चालकबाटै भएको अनुसन्धानबाट देखिएको छ।
‘सामान्यतया ३५–४० टन तौलको यात्रुवाहक बस सम्हाल्न चालकमा शारीरिक र मानसिक परिपक्वता हुनुपर्छ,’ अधिकारीले भने, ‘तर, २१ वर्ष उमेर पुगेकै भरमा सार्वजनिक यातायात चलाउने अनुमति दिनु हाम्रो कमजोरी हो।’ यो समस्या सुल्झाउन व्यावसायिक र गैरव्यावसायिक सवारी अनुमतिपत्र (लाइसेन्स) मा भेद गरिनुपर्ने उनको सुझाव छ।
यसको आधार प्रस्ट्याउँदै उनले भने, ‘निजी गाडीभन्दा सार्वजनिक सवारी चलाउनेले धेरै यात्रुको जिम्मेवारी बोकेको हुन्छ। उसमा बढी परिपक्वता, जिम्मेवारीबोध र गाडी चलाउने राम्रो खुबी हुनुपर्छ। यसको निम्ति सार्वजनिक सवारीनिम्ति व्यावसायिक चालक अनुमतिपत्र दिने पद्धतिमै सुधार गर्नुपर्छ।’
विकसित देशमा व्यावसायिक र गैरव्यावसायिक सवारी लाइसेन्स लिने प्रक्रिया बेग्लै हुन्छ। नेपालमा भने निजी गाडी चलाउन होस् वा यात्रुवाहक बस, दुवैले दिने ट्रायल एउटै हो। यसले पनि सार्वजनिक गाडी चलाउनेमा अपरिपक्व तन्नेरीको संख्या बढ्दै गएको छ। केही समय गाडीमा सहयोगीको काम गरेर एकैचोटि स्टेयरिङ समात्ने प्रवृत्ति छ।
‘उमेर पुगेको आधार मात्र हेर्नुभएन, अलिकति शिक्षित हुनुपर्यो , मानसिक र शारीरिक अवस्थाको विश्लेषण गरिनुपर्योो, पारिवारिक मान्छे हुनुपर्यो , यस्ता आधारमा व्यावसायिक लाइसेन्स दिने हो भने दुर्घटना कम हुनसक्छ,’ उनको सुझाव छ, ‘व्यावसायिक लाइसेन्सको निम्ति शारीरिक, मानसिक र बानीबेहोरा लेखाजोखा गर्ने कडा परीक्षा लिइनुपर्छ।’
दुर्घटना कम गर्न चालक र यातायात व्यवसायी आफैं पनि सचेत हुनुपर्ने उनले बताए। ‘चालकलाई सवारी नियमबारे जानकारी दिनेदेखि कारबाहीसम्म कतै बाँकी राखेका छैनौं,’ उनले भने, ‘तर, छिसिक्क केही गर्यो् कि उनीहरू चक्काजाम गर्न थाल्छन्, यस्तो प्रवृत्ति अन्त्य गर्नुपर्छ।’ अब भने यातायात व्यवसायीले चक्काजामकै धम्की दिए पनि पछि नहट्ने दृढता उनले व्यक्त गरे।
‘जेजे रणनीति अपनाउनुपर्छ, अपनाउँछौं। कुनै चालकलाई व्यक्तिगत दुःख दिँदैनौं, तर नियमकानुन मान्ने सवालमा कुनै हालतमा बाँकी राख्दैनौं,’ उनले भने।
यातायात व्यवस्था विभागका महानिर्देशक काशीराज दाहालले पनि कारबाहीमा कुनै कसर नछाड्ने बताए। प्रधानमन्त्री कार्यालयको निर्देशनअनुसार दुर्घटनामा बसचालक तथा मालिकको कमजोरीबारे अनुसन्धान भइरहेको र त्यसैअनुसार ऐनकानुन संशोधनलगायत तयारी भइरहेको उनले जानकारी दिए।
‘प्रधानमन्त्री तथा मन्त्रिपरिÈद कार्यालयले दसैं–तिहारमा भएका दुर्घटनापछि सबै पक्षलाई कारबाही गर्ने निर्णय गरेको थियो,’ उनले भने, ‘त्यसैअनुसार दुर्घटनामा बसचालक तथा मालिकको कमजोरी भेटिए रुट पर्मिट नै खारेज गर्नेसम्मको कारबाही गरिनेछ।’ उनले दुर्घटना न्यूनीकरणका लागि विभागले अनुगमन तीव्र बनाउने तयारी गरेको समेत बताए।
जिन्दगी र मृत्युबीच रौं बराबरको मात्र फासला हुन्छ, तर एक व्यक्तिको लापरबाही र गल्तीले सयौं व्यक्तिको ज्यान जानुलाई रौं बराबरको फासला मानेर चुप रहन सकिन्न। प्रभावकारी अनुगमन र कडाइसाथ कानुन कार्यान्वयनले दुर्घटनाको यो दर कम गर्न सकिने सरोकारवाला अधिकारी स्विकार्छन्।

दुवै यातायातमा रोक
सरकारले मकवानपुरमा दुर्घटनाग्रस्त दुवै बस सञ्चालक कम्पनीका अन्य गाडीमा १५ दिन रोक लगाएको छ। बसचालकलाई ज्यान मुद्दा चलाउने तयारी पनि गरेको छ।
यातायात व्यवस्था विभागले काठमाडौंबाट विराटनगर चल्ने शुभश्री यातायात र काठमाडौंदेखि इलाम चल्ने मेट्रो डिलक्स यातायात सञ्चालनमा रोक लगाएको हो।
दुवै सवारी चालकको लापरबाहीबाट दुर्घटना भएको भन्दै १५ दिनका लागि सवारी साधन सञ्चालन गर्न नपाउने निर्णय गरिएको विभागका महानिर्देशक काशीराज दाहालले बताए। ‘दुवै यातायातको रुट १५ दिनका लागि खारेज गरिएको छ,’ उनले भने, ‘ती यातायात सञ्चालन नगर्न सम्बन्धित यातायात व्यवसायीलाई जानकारी गराएका छौं।’
त्यस्तै, प्रहरीले अनियन्त्रित रूपमा सवारी चलाएर बस ठोक्काएको भन्दै शुभश्री बसका चालक राकेशसिंह तामाङलाई पक्राउ गरेको छ। प्रहरीले तामाङलाई हेटौंडास्थित उनकै घरबाट पक्राउ गरेको हो। प्रहरीले तामाङविरुद्ध सवारी ज्यान मुद्दा दर्ता गर्ने तयारी गरेको जनाएको छ। नागरिक दैनिकले खबर छापेको छ ।