कात्तिक १५, काठमाडौँ -उपप्रधान तथा गृह मन्त्री बामदेव गौतमले जातियताको आधारमा संघीयता लागु गर्नै नहुने बताएका छन् । शनिबार राजधानीमा आयोजीत कार्यक्रमा गृह मन्त्री गौतमले कुनै एकदुई दलका नेताले रोइकराई गर्दैमा जातियताको आधारमा संघीयता नहुने स्पष्ट पार्नुभएको छ । मन्त्री गौतमले शीर्ष दलहरुबीच बिवादीत बिषयमा सहमति खोज्ने प्रयास भइरहेको भन्दै सहमति जुट्न नसके प्रकृयामा गएर भए पनि माघ आठ गते भित्रमा नै संविधान जारी गरिने दाबी गरेका छन् ।
जातियताको आधारमा संघीयता हुनै सक्दैन मन्त्री गौतम
