कात्तिक ६, काठमाडौँ-नेकपा एमाले अध्यक्ष केपी ओलीले मुलुक संविधानबिहिन अवस्थामा नबस्ने बताएका छन् । राजधानीमा बिहिबार आयोजीत कार्यक्रममा अध्यक्ष ओलीले एक दुई वटा दल असहमत भएका आधारमा देश संविधानबिहीन अवस्थामा नरहने बताएका हुन् । उनले विवादित विषयमा एकीकृत माओवादीसँग सहमति नभएपनि आगामी माघ ८ गतेभित्र संविधान जारी हुने दाबी गरे । तिहारलगत्तै बस्ने गोकर्ण रिसोर्टको वार्ता विफल भएको भोलिपल्ट विवादित विषयमा संविधानसभाले आवश्यक प्रकृया पुर्याएर संविधान जारी गर्ने उनले बताए ।
देश संविधानबिहीन बन्नै सक्दैन: ओली
