समजी, सिद्धिचरण आफ्ना श्रीमतीसँग बसेर हामीसँग कुराकानी गर्थे, छलफल, विचार-विमर्श गर्थे तर देवकोटा दम्पतीमा मैले त्यो वातावरण कहिल्यै देखिनँ । उहाँकी श्रीमतीको बानी नै फरक थियो । देवकोटा बाहिरबाट आई किलामा कोट झुन्ड्याएर भुइँको चारपाइमा बस्न पनि पाउनुभएको हुँदैनथ्यो, बज्यै ‘हरे राम ! हरे राम !’ भन्दै कोटको खल्ती खोतल्न आइहाल्थिन् ।
त्यसैले देवकोटा कतैबाट आफ्नो कमाइको रकम हात पर्नासाथ पहिला आफूले खाएको उधारो चुक्ता गरेर मात्र घर पस्नु हुन्थ्यो । भलै पत्नीको इज्जत गर्नुहुन्थ्यो तर उहाँ स्त्रीयाजित हुनुहुन्थ्यो । श्रीमती दूधमा मोहर हालेर दही जमाउँथिन् र हररिाम पण्डिककहाँ पुर्याइहाल्थिन् । यो कुरा थाहा पाएर पनि देवकोटा केही बोल्नु हुन्नथ्यो । बरु हातमा पैसा पर्नासाथ पहिलो उधारो चुक्ता गरहिाल्नु हुन्थ्यो । २००४ सालको कुरा हो ।
उहाँका ३९ वटा पाण्डुलिपि स्वीकृत भएर पनि प्रकाशिनी समितिमा थन्किएर बसेका थिए । अरूका पाण्डुलिपि स्वीकृत भएपछि पेस्कीस्वरूप केही रकम भुक्तानी पाउने परम्परा थियो । तर, देवकोटाको प्रतिभाबाट जलेका पुष्करशमशेर यसको भुक्तानीमा अड्को थापिरहेका थिए । मृगेन्द्रशमशेर र समका कारण एक दिन देवकोटाले २ हजार ५ सय रुपियाँ पेस्की पाउने हुनुभयो । देवकोटा खल्तीमा पैसा भएसम्म जसलाई पनि बाँड्दै हिँड्ने स्वभावको हुनुहुन्थ्यो । यो कुरा समजीलाई पनि थाहा थियो । अनि, त्यस दिन मलाई समले भन्नुभयो, “वसन्तजी ! आज तपाईं देवकोटाजीसँगै जानूस् है !”
मैले कुरा बुझिहालेँ, हुन्छ भनेँ । अहिले सोच्दा लाग्छ, देवकोटालाई रुपियाँ-पैसाको पनि खासै लोभलालच थिएन । उहाँले पैसा पनि बुझ्नु भएन, खालि सही मात्र गर्नुभयो र मलाई नै बोक्न भन्नुभयो । त्यसबेला भर्खर नोट निस्केको थियो ।
आधी नोट र आधी मोहर बोक्न पनि कठिनै थियो । सबै मोहर भएको भए त महाकविलाई पनि बोकाउनुपथ्र्यो । अनि, म देवकोटाको पछिपछि लागेँ ।सरस्वती सदनबाट निस्केपछि हामी बागबजारतिर लाग्यौँ । त्यसबेला बागबजारमा उत्तरतिर मात्र मान्छे हिँड्ने सानो पेटी थियो ।
पसल पनि त्यतै मात्र थिए । एउटा पसलमा पुगेर उहाँ रोकिनुभयो र पसलेलाई सोध्नुभयो, “साहूजी ! मेरो उधारो कति छ ?” पसलेले तीन-चारवटा चुरोटको खोलको उल्टापट्ट िहिसाब टिपिराखेको रहेछ । उसले हिसाब जोड्यो, यस्तै १३/१४ रुपियाँ भएको रहेछ । उहाँले मलाई भन्नुभयो, “भाइ तिरििदनूस् ।”
मैले उहाँले भनेबमोजिम पसलेलाई पैसा दिएँ, पसलेले उधारो कटाएर बाँकी खुद्रा फर्कायो । अनि, उहाँले त्यो पनि पसलेलाई नै दिन भन्नुभयो । “किन बोक्नुहुन्छ, तपाईंलाई ज्यादै गहु्रँगो हुन्छ ।” कस्तो मस्तीको मान्छे ! उहाँले पसलेलाई अझै चाहिन्छ भने लिइराख्नु होला पनि भन्नुभयो । पसलेले चाहिँदैन चाहिँदैन भन्दाभन्दै पनि १५ रुपियाँ दिएरै छोड्नुभयो ।
अलि पर पुगेर मैले गुनासो गरेँ, “दाइ ! किन तपाईंले यसरी पैसा छर्दै हिँड्नुभएको ?” उहाँले भन्नुभयो, “के गर्नू भाइ ! भोलिदेखि फेर िमलाई यही साहूजी चाहिन्छ ? कुरा बुझ्नूस् न !” श्रीमतीको हात परेपछि हरेरामकहाँ पुगिहाल्थ्यो । उहाँ हिसाब गराउँदै हिँड्नु हुन्थ्यो, मचाहिँ उहाँको ऋण तिरििदने दाताजस्तो हिसाब चुक्ता गरििदँदै जान्थेँ ।
त्यस दिन मेरो इज्जत देवकोटाको भन्दा ठूलो भएको थियो । देख्नेले त महाकविको उधारो तिरििदने यही रहेछ भन्ने पनि सोचे होलान् । तर, देवकोटालाई यसको कुनै पीर थिएन । उहाँ आफूलाई रत्ियाएर, अरूलाई श्रेय दिएर, आनन्द लिने मानिस हुनुहुन्थ्यो ।
अर्को पसलमा पस्नुअघि उहाँले मलाई खुसुक्क भन्नुभयो, “भाइ ! यो पसले अलि कठिन अवस्थामा छ, यसलाई अलिकति थप रकम दिनुपर्छ है !” मैले अघि किन यसरी पैसा बाँड्दै हिँडेको भनेकाले भाइले ननिको मान्ला भनेर उहाँले पहिल्यै सम्झाउन त्यसो भन्नुभएको हुनसक्छ । त्यसैले त्यसलाई पनि जति उधारो थियो, त्यति नै पैसा छोडिराखेर हामी अगाडि बढ्यौँ ।यसपालि हामी त्यसबेलाको नामी लप्टनको होटलमा पुग्यौँ ।
त्यो अहिलेको पद्मकन्या क्याम्पसभन्दा पश्चिम/दक्षिणमा थियो । त्यहाँ देवकोटा विशेष रुचिका साथ खाजा खानुहुन्थ्यो । त्यहाँ चार पैसामा मासुको चप पाइन्थ्यो । हामीले त्यही चप खायौँ, त्यसदिन । अनि, उधारो ४० रुपियाँबाहेक थप ५० रुपियाँ पेस्की दिएर हिँड्यौँ । त्यसदिन लप्टनको होटलबाट निस्केपछि मैतीदेवी -अहिले शरच्चन्द्र शाहको घरअगाडि)को साइकल पसलमा पुग्यौँ । देवकोटा प्रायः त्यहीँ साइकल मर्मत गर्नुहुन्थ्यो ।
त्यहाँ पनि मैले नै हिसाब गरेँ, २४ रुपियाँ भएको रहेछ । अनि, देवकोटाले पसलेलाई सोध्नुभयो, “बाबु तिमीले प|mेम फेरेको हिसाब गर्न भुल्यौ कि क्या हो, यति मात्रै त नहुनुपर्ने !” नभन्दै त्यसको आठ रुपियाँ त टिप्नै भुलेको रहेछ । त्यो पनि तिरििदएँ र अलिकति पेस्की पनि दिइराखेर हामी दाजुभाइ उधारो तिर्दै हिँड्यौँ । त्यस दिन सारा उधारो तिरेर उहाँको घर पस्नुअघि उहाँले दाजु लेखनाथ देवकोटाकहाँ जाउ“m भन्नुभयो ।
त्यहाँ पासा खेलेको २ सय १० रुपियाँ बाँकी रहेछ । त्यहाँ पुगेपछि स्वाभाविक थियो, दाजुभाइ पासामा भिड्ने नै भए । तर, यसपालि महाकविका तर्फबाट म पासा हान्छु भनेँ । राणाहरूसँग खेल्दाखेल्दा म पासाको हरेक दाउपेचबाट भुक्तभोगी थिएँ । मैले लगातार दुई दाउ खाइदिएपछि लेखनाथले खेल्दिनँ भने । कारण के रहेछ भने दाइले झेल गरेर सधैँ हराएर सोझा भाइको खल्ती रत्ियाउँदै आइरहेका रहेछन् ।
अनि, उनले झेली गरेर देवकोटाबाट लिन बाँकी १ सय ८ रुपियाँ तिरेर हामी महाकविनिवास पस्दा मेरा खल्तीमा १ हजार ७ सय रुपियाँ बाँकी थियो । देवकोटाले त्यो पैसा फेर िपनि बज्यैका हातमा राखिदिनुभयो । अनि, मैले सोचेँ, “हे महाकवि ! भोलिदेखि तिमी फेर िरत्तिो हुने भयौ !” मलाई थाहा छ, त्यो पैसा फेर दहीभित्र पसेर हरेराम पण्डितकहाँ पुग्नेछ ।देवकोटा अत्यन्त भद्र, सहृदयी र साधारण स्वभावको हुनुहुन्थ्यो तर एकपटक मैले उहाँको क्रोधपूर्ण उग्ररूप पनि देख्ने सौभाग्य पाएँ । घटनाको उठान शुक्रबार ३ जेठ ००४ सालमा सरस्वती सदनबाट भएको थियो । हरेक अपरान्ह ३ बजे सरस्वती सदनमा सबै साहित्यकारहरू जम्मा भएर सिर्जनामाथि छलफल हुन्थ्यो । भोलिपल्ट नन्दी-रात्रि पाठशालाको पहिलो वाषिर्कोत्सव भएकाले क-कसले कुन कुन कविता पाठ गर्ने भन्नेमा छलफल भइरहेको थियो ।
त्यहाँ लेखनाथ पौड्याल, बदरीनाथ भट्टराई, सिद्धिचरण श्रेष्ठ, रििद्धबहादुर मल्ल, केदारमान व्यथित, पुष्करशमशेर, बालकृष्ण सम, श्यामदास वैष्णव, मलगायत १५/२० जना सर्जकहरू थियौँ । त्यसदिन देवकोटा आउनु भएन ।
अनि, कविहरूले विभिन्न खालका टीकाटिप्पणी गरे, देवकोटालाई जोडेर । कसैले भने, ‘हामी मूर्खलाई कविता सुनाउन देवकोटा किन आउनुहुन्थ्यो !’ यत्तिकैमा सिद्धिचरणले ठट्टाको भावमा भने, “पागल कतै अलमलियो होला !” त्यही शब्दलाई समातेर पुष्करशमशेरले राँक्किएर भने, “त्यो पागल नै हो ।” अनि, त्यहाँ स्तब्धता छायो । म र समजी पिसाब फेर्ने निहुँले निस्िकयौँ । यो एक किसिमले पुष्करका लागि बेइज्जति नै थियो । म त्रि-चन्द्रबाट निस्केर अहिलेको नेपाल प्रज्ञा-प्रतिष्ठान हुँदै कमलपोखरीको अहिलेको कमल पाउरोटीनिर पुगेको थिएँ । देवकोटा साइकलको चेन खुस्केर डोर्याउँदै आउँदै हुनुहुँदो रहेछ ।
अनि, साइकल बिसाएर मैले सरस्वती सदनमा भएका सम्पूर्ण घटना सविस्तार सुनाएँ । त्यसबेला देवकोटाको मुहारमा मैले एक किसिमको क्रोधाग्नि देखेँ । हामी त्यसदिन १० बजे रातीसम्म गफियौँ र नौ माना बदाम चट् पार्यौँ । घर फर्किंदा १० बजिसकेको थियो । देवकोटाको रसि अझै शान्त नभएको मैले महसुस गरेँ । भोलिपल्ट हामी सबै नन्दी-रात्रि पाठशालामा भेला भयौँ । मञ्च एउटा वरको रूखमुनि बनाइएको थियो ।
सिद्धिचरण, व्यथित, ऋद्धिबहादुरबाहेक सबै कविहरू भेला भएका थियौँ । कविता वाचनको क्रम सुरु भयो । जब देवकोटाको पालो आयो, उहाँ मञ्चमा पुग्नुभयो र कविता वाचन गर्न थाल्नुभयो । देवकोटाले ‘पागल’ कविता त्यसै राती लेखेर पहिलोपल्ट त्यहीँ वाचन गर्नुभएको हो । उहाँ कहिल्यै कवितापंक्ति नदोहोर्याउने मान्छे, त्यस दिन एकएक शब्द दोहोर्याउँदै वाचन गर्न थाल्नुभयो । उहाँ जहाँजहाँ विश्राम लिनुहुन्थ्यो, वरको हाँगाबाट पात लुछेर मर्याक्मर्याक् चपाउनु हुन्थ्यो र फेर िकविता भन्न थाल्नु हुन्थ्यो ।
उहाँले त्यस दिन ‘पागल’ कविता सुनाइसक्दा वरको एउटा सिङ्गै हाँगाको पात मक्र्याउन भ्याउनुभयो । उहाँको कविता सुनिरहँदा लेखनाथका आँखा रसाए, उहाँले खल्तीबाट रुमाल निकालेर चस्मा पुछ्नुभयो । समजीका आँखा पनि डबडबाइरहेका देखेँ । उहाँले मतिर हेर्नुभयो ‘तिमीले हिजोको कुरा सुनाएछौ’ भन्ने भावमा । मैले पनि हो भनिदिएँ । तर, पुष्करशमशेरले कार्यक्रमभर िमुन्टो उठाउन सकेनन् ।
लाज र अपमानबोधले कार्यक्रमभर िघोसेमुन्टो लगाएर बसिरहे ।देवकोटाका धेरै प्रसंगहरू छन्, जसमाथि एउटा पुस्तक नै लेखिन सक्छ । लेखिनुपर्नेमध्येमा उहाँको बानीव्यवहार पनि पर्छ । देवकोटा तीन सय रुपियाँ पर्ने बेलायती रेले कम्पनीको साइकल चढ्नुहुन्थ्यो । असाध्यै चुरोट खानुहुन्थ्यो । त्यसबेलाका मोटरमार र फूलमार उहाँका रुचिका चुरोट थिए । खानेकुरामा उहाँ लप्टनको पसलको मासु, मासुको चप अनि डुकु र बदाम असाध्यै रुचाउनु हुन्थ्यो । मिठाईमा पेडा र बर्फी उहाँका रोजाइ थिए ।
उहाँ बेसुरा गीत सुन्न औधी रुचाउनु हुन्थ्यो । उहाँ पनि गाउनु हुन्थ्यो, बेलाबेला तर बेसुरा, लयविधान नभएको । मैले आफ्नो जिन्दगीमा देवकेटाका तीनवटा कोट मात्र देखेँ । उहाँ दौरा-सुरुवाल, भित्री भोटो, कोट, टोपी लगाउनु हुन्थ्यो । तर, पटुका कहिल्यै बाँध्नुभएन र इस्टकोट पनि लगाएको मैले देखिनँ । पाइन्ट पनि लगाउनु भएन ।
रुस जाँदा एक जोर सुटचाहिँ सिलाउनु भएको थियो, लगाउनु भयो/भएन, थाहा छैन । श्रीमतीको लापरबाहीका कारण जहिले पनि इस्त्री नलगाइएका पोसाक लगाउनु हुन्थ्यो र कोटको बाहुला माथितिरबाट साररिहने स्वभाव थियो । उहाँले एउटा दाउरेलाई उसको फाटेको टोपी फुकालेर आफ्नै टोपी लगाइदिनुभएको थियो भने एक जना अर्को दाउरेलाई त आफूले लगाएको कोट नै फुकालेर लगाइदिएको पनि मैले यिनै आँखाले देखेको हुँ ।अन्त्यमा एउटा प्रसंगको चर्चा गरेर यस संस्मरणको बिट मार्न चाहन्छु ।
००५ सालको कुरा हो, देवकोटा अचानक वनारस जानुभयो । यस कुरालाई लिएर समजीसँग एक जना साहित्यकारले देवकोटामाथि व्यंग्य पनि गरे । तर, समजीले त्यसलाई आफ्नो शैलीमा पुग्ने जवाफ दिनुभयो, “हामीजस्तो साहित्यकारले कसैका बारेमा यति घटिया टिप्पणी गर्न सुहाउँदैन ।” त्यसदिन बालकृष्ण शमशेर -त्यतिबेला सम लेख्नुहुन्नथ्यो) अत्यन्तै भावुक मुद्रामा देखिनुभयो । देवकोटाको लेखनकलासँग प्रतिपर्धी भए पनि व्यक्ति देवकोटा र समबीच गहिरो मित्रता थियो । त्यो मान्छे गयो अनि बालकृष्णले लामो निश्वास छोडेर भन्नुभयो, “वसन्तजी ! आजदेखि मैले शेर छोडिदिएँ, अब म पातलो सम मात्रै लेख्छु ।” यो ५ माघ ००५ सालको ठीक बिहान ११ बजेको घटना हो । यसको साक्षी म हुँ ।
– See more at: http://www.samajkhabar.com/2014/10/23/19854/#sthash.Ewm0AmtY.dpuf