– पद पाउँछु भनेर मैले कांगे्रसको राजनीति गरेकी होइन। पार्टीमा मैले पुर्यावएको योगदानको मूल्यांकन गर्दै सभापति सुशील कोइरालाले मलाई जिम्मेवारी दिनुभएको मात्र हो।
० पार्टीलाई के योगदान दिनुभएको थियो?
– इमान्दार, बफादार र अनुशासित सिपाही हुँ। पार्टीले दिएको जिम्मेवारी पूरा गर्न मैले कुनै कसर बाँकी राखेकी छैन। ०४६ सालको जनआन्दोलनमा चितवनमा मेरै नेतृत्वमा आन्दोलन भएको थियो।
० कसरी कांगे्रस बन्नुभयो?
– कम्युनिस्ट पृष्ठभूमिको परिवार थियो। रूपचन्द्र विष्टकी म एक्ली बहिनी हुँ। कम्युनिस्ट मलाई मन परेन। यद्यपि म बीपी कोइरालाको पुस्तकबाट प्रभावित थिएँ। उहाँका आत्मवृत्तान्त पढेर मात्र होइन, नेपाली माटो सुहाउँदो समाजवादको सिद्धान्तबाट पे्ररित थिएँ।
० कम्युनिस्ट किन मन नपरेको?
– उनीहरूको भनाइ र गराइको तालमेल हुँदैन। बोलेको कुरो एउटै पुर्याबउँदैनन्, जनता झुक्याउने काम मात्र गर्छन्।
० पार्टीलाई चन्दा कति दिनुभयो?
– एक रुपैयाँ पनि दिएकी छैन। कसैलाई एक रुपैयाँ चन्दा दिनु पर्दैन भनेर पार्टी सभापति सुशील’दाले भन्नुभएको थियो।
० सुशील’दाको स्वास्थ्य त्यति ठीक छैन नि?
– हो, म उहाँलाई असाध्य माया गर्छु, उहाँ अस्वस्थ भएका बेला भेट्न जान्थे तर त्यो लक्ष्मणले भेट्न दिँदैन थियो, उसलाई छलेर भए पनि भेट्न जान्थे।
० उहाँका लागि के गर्नुभयो?
– उहाँको सुस्वास्थ्यको कामना गरें। उहाँको नाममा अश्वोनी गजेन्द्र मोक्ष दिव्यधाममा गुरु महाराजलाई अखण्ड बत्ती बाल्न लगाएको छु। दिनप्रतिदिन उहाँको स्वास्थ्य ठीक हुँदैछ, अब त्यो बत्ती नबाल्ने कि भन्ने सोच बनाउँदैछु।
० कांगे्रसमा मन्त्री परिवर्तनको चर्चा छ नि?
– मैले पनि यो चर्चा सुनेकी हुँ। यो माथिल्लो लेबलको कुरा भयो, त्यति माथि मेरो सूचनाको पहुँच छैन।
० सभासद् भएपछि के गर्नुहुन्छ?
– यो संविधानसभाले संविधान बनाउने हो, त्यसैमा जोड दिन्छु। कांगे्रसले अघि बढाएका काममा सहयोग र साथ दिन्छु।
० संसद् भवनमा प्रवेशको अनुभव?
– सभासद् नहुँदा पनि भेटघाटका लागि कहिलेकाहीँ संविधानसभा भवन जान्थे , तर भित्र पसेकी थिइनँ। यसपटक भित्र पस्नुअघि संविधानसभा भवन बाहिर रहेका अवलेश्वर महादेवलाई जोर माला लगाइदिएँ। संविधान बनाउने सद्बुद्धि सबैलाई दिनुहोस् भगवान भनेर प्रार्थना गरें।
० महादेवलाई जोर माला लगाइदिएपछि के हुन्छ?
– झट्ट हेर्दा त्यो एउटा भगवानको स्वरूप भएको मूर्ति हो, तर त्यसमा आस्था राख्नेहरू पनि छन्। म पनि आस्था राख्छु, भगवानले सभासद्लाई संविधान बनाउने सद्बुद्धि दिनुहुन्छ भनेरै प्रार्थना गरेकी हुँ।
० त्यसो भए अब संविधान बन्छ त?
– हामीले जहिले पनि सकारात्मक सोच राखेर काम सुरु गर्नुपर्छ। एक प्रतिशत मात्र नकारात्मक सोच राखेर काम गर्नु हुँदैन। त्यही १ प्रतिशत नकारात्मक सोच बलवान भएर जान्छ। सकारात्मक सोचका साथै म भगवानप्रति आस्था राख्छु।
० खै माओवादीहरूले संविधान बन्न देलानजस्तो देखिएन नि?
– हरेक कुराको विकल्प हुन्छ। यसपटक संविधान निर्माणका लागि अरु विकल्प राखिएको छ। प्रक्रियामा गएर भए पनि हामीले माघ ८ गते नेपाली जनतालाई संविधान दिनुपर्छ। जनता ढाँट्न बानी परेकाहरूको पछि लागेर होइन, नेपाली कांगे्रसको नेतृत्वले विधि र प्रक्रिया अपनाएर भए पनि संविधान दिनैपर्छ।
० नेपाललाई हिन्दूअधिराज्य बनाउनुपर्छ?
– अरु धर्मलाई स्थान दिनु हुँदैन भन्दिनँ। सबैलाई पे्रम गर्छु, सद्भाव राख्छु। तर यो भूमिमा गौ बध नहोस् जस्तो लाग्छ, हिँड्दासमेत पैतालाले कमिला किल्चनु नपरोस् भन्ने लाग्छ। धेरै विवाद भयो भने जनमतसंग्रह गरौं। यो देशमा राजा मासियो, ज्ञानेन्द्र राजा होइन, भारदार जत्तिको पनि बुद्धि रहेनछ। राजा त छुट्टै हुन्छन्।
० अर्को राजा बन्न सक्ला नि?
– मैले अहिलेको अवस्थामा अर्को व्यक्ति राजा बन्ला जस्तो देखेकी छैन। ज्ञानेन्द्रले नै राजसंस्थाको बद्नाम गरेकाले फेरि नेपाली जनमतले राजा खोज्छन् जस्तो लाग्दैन।
० धर्मकर्ममा धेरै आस्था राख्नुहुन्छ?
– अहिलेसम्म मैले जानेकै त्यति हो। मुक्तिनाथदेखि पोखरासम्मको बाटोमा पार्ने पाटी पौवा र खाने बस्ने व्यवस्था, देवघाटलगायत नेपालभरि नै मैले समाजसेवाको हात फैलाएको छु। कसैसँग लिन्न, मुठी खोलेर दान गर्छु। भोको मानिस र साधुसन्त मेरो आँखाले देख्नु हुन्न, दया लाग्छ, सहयोग गर्छु। स्कुल चलाएकी छु, त्यहाँ तीन दर्जनभन्दा बढी विद्यार्थीलाई निःशुल्क शिक्षा दिइरहेकी छु। त्यस्ता धेरै कामहरू छन्, जो आफैले बेलीविस्तार लगाउँनु ठीक हुँदैनजस्तो लाग्छ।
० मुठी खोलेर दान गर्ने पैसा कहाँबाट आउँछ नि?
– म धर्मभीरु हुँ, मन हुनुपर्छ, धन आफैं जुट्छ। म अरु कसैसँग एक पैसा लिँदिन, दिन्छु मात्रै। छोराछोरी र परिवारलाई दिनुपर्दैन, बरु उनीहरू मलाई दिन्छन्। स्कुल चलाउँछ, पैतृक सम्पत्ति छ, मेरो पेवा धन पनि छ, त्यही पैसा बाँड्छु।
० बाल्यकाल पनि जानौं न?
– सात वर्षकी हुँदा आमा बित्नुभयो, बुबा सेनाको मेजेर हुनुहुन्थ्यो, अर्की आमा र दाजुहरूसँग हुर्के। सौतेनी व्यवहारको अनुभव छैन, दाजुहरूले धेरै माया गर्नुहुन्थ्यो। बाहुनसँग विवाह गरी भनेर पछि माइतीसँग सम्बन्ध बिग्रियो। विवाह गरेको अहिले ४६ वर्ष भयो, दाजु जनक विष्टसँग अहिले पनि बोलचाल छैन। कान्छो भाइ कृष्णनन्द भारतीसँग मात्र बोलचाल छ।
० पढाइ–लेखाइ?
– महेन्द्रभवन र कान्तिईश्वरी विद्यालय पढियो। त्यसपछि चितवनमा पढें, उच्च शिक्षा चाहिँ मैले कीर्तिपुरबाट पूरा गरेकी हुँ।
० कोसँग विवाह गर्नुभयो?
– अच्युत वाग्लेसँग पहिले पे्रम र पछि एरेन्ज विवाह गरेकी हुँ।
० पे्रम कसरी सम्भव भयो?
– विछ्ट्टै राम्री थिएँ, स्कुल पढ्दादेखि नै उसले मेरो पिछा छोडेन। लभ लेटर लेखेको लेख्यै गर्योभ, जवाफ फर्काएकी थिइनँ। यति धेरै माया गर्नेले जीवनभरि साथ दिन्छ भन्ने सोच आयो, त्यसपछि उसको प्रस्तावलाई स्वीकार गरेर हात समाउन दिएँ।
० हात बलियोसँग समाउनु भएछ होइन?
– आर्मी अनुशासनमा हुर्केकी हुँ, स्वाभिमानमा बाँच्न चाहन्छु। हात समात्ने कुरा भावनात्मक हो, यथार्थ जीवन बाँच्न आफैंले संघर्ष गर्नुपर्छ। विक्लीनेपालबाट