कात्तिक २, म्याग्दी-अरिङ्गालले टोकेर म्याग्दीमा एकै परिवारका तीनजनाको मृत्यु भएको छ। म्याग्दी को बेनी नगरपालिका वडा नंं। ९ घतान काउलेगाँका ५५ वर्षीय दल पुरी, उनकी श्रीमती ४५ वर्षीया शिवा पुरी र १२ वर्षीय छोरा आशिष पुरीको मृत्ु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुासार उनीहरुको उपचारका क्रममा उपचारका क्रममा हिजो साँझ मणिपाल शिक्षण अस्पताल पोखरामा मृत्यु भएको हो । उनीहरु तीनै जना घरनजिकैको जङ्गलमा घाँस काट्न गएका बेला अरिङ्गालको पोलामा छोइएपछि त्यहाँका अरिङ्गाल उडेर उनीहरुलाई लखेटी लखेटी टोकेर सख्त घाइते बताएका थिए । टोके लगत्तै जिल्ला अस्पतालमा प्राथमिक उपचारपछि पोखरा पठाइएका उनीहरुको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।