विमानस्थलमा सञ्चारकर्मीलाई सम्बोधन गर्दै प्रधानमन्त्री कोइरालालो प्रमुख दलहरुको सहमतिमा माघ–८ मै संविधान जारी हुने बताए । उनले संविधान जारी भए लगत्तै मुलुक आर्थिक समृद्धिको दिशामा अगाडि बढ्ने र १० वर्षमा मुलुकको कायापलट हुने विश्वास व्यक्त गरे । उनले आफ्नो स्वास्थ्य पूर्ण रुपमा ठीक भएको भन्दै अब संविधान निर्माणमा ध्यान केन्द्रित हुने बताए ।
कोइरालालाई सभामुख सुवास नेम्वाङ, उपप्रधानमन्त्रीद्वय बामदेव गौतम, प्रकाशमान सिंह सहित अन्य मन्त्रीहरु एवं सरकारका उच्च पदस्थ अधिकारीहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।
कोइरालाले असोज-१० गते महासभालाई सम्बोधन गरेका थिए । न्युयोर्कमा रहँदा कोइरालाले राष्ट्रसंघका महासचिव वान कि मुन, अमेरिकी राष्ट्रपति बाराक ओबामा,भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र सार्क राष्ट्रका अन्य सरकार प्रमुखहरुसँग पनि भेटेका थिए । कान्तिपुर दैनिकमा खबर छ ।