असोज ८, काठमाडौँ-अलकायदाका एक पुर्व प्रवक्तालाई आतंकवादी गतिविधिमा संलग्न भएको आरोपमा न्युर्योकको आदालतले जन्मकैदको सजाय सुनाएको छ । ४८ वर्षीय कुवेती नागरिक सुलेमान आबु गैथलाई चरमपन्थी गतिविधलाई प्रोत्साहन गरेको आरोपमा अमेरिकाको सो अदालतले जन्मकैदको फैसला गरेको हो । उनी नाताले ओसमा बिन लादेनको आफ्नै ज्वाई हुन् । उनी २०११ मा अलकायदाको प्रवक्ताका रुपमा कार्यरत थिए । जोर्डनमा पक्राउ परेका उनलाई अमेरिका लगेर मुद्धा चलाईएको हो । आतंकवादी भएको आधारमा अमेरिकामा यस्तो मुद्धा खेप्ने उनी अलकायदाका सबैभन्दा उच्च तहका नेता हुन् । उनलाई अमेरिकी नागरिक मार्ने र अलकायदालाई सहयोग पु¥याएको आरोप लगाईएको छ ।
अलकायदाका एक पुर्व प्रवक्तालाई जन्मकैद
