असोज २, काठमाडौँ-संवैधानिक परिषदले राष्ट्रिय मानवअधिकार आयोगमा रिक्त रहेको अध्यक्षको पदमा पूर्व प्रधान्यायाधीश अनुपराज शर्मा लगायत अन्य पदमा अन्य सदस्यहरुको नियुक्तिका लागि सिफारिस गरेको छ । परिषदको बिहीबार बसेको बैठकले पूर्व प्रधान्यायाधीश अनुपराज शर्मालाई आयोगको अध्यक्षमा सिफारिस गरेको हो । त्यस्तै आयोगको सदस्यमा सर्वोच्चका पूर्व न्यायाधीश प्रकाश वस्ती, वरिष्ठ अधिवक्ता गोविन्द शर्मा पौडेल, सुदिप पाठक र मोहोना अन्सारीको नाम सिफारिस गरेको छ । परिषदले गरेको सिफरिसमा संसदीय सुनुवाई पछि राष्ट्रपतिबाट नियुक्ति हुनेछ ।
मानव अधिकार आयोगको अध्यक्षमा शर्मा
