भदौ ३१, काठमाडौँ-नेकपा माओवादीका अध्यक्ष मोहन वैद्यले आज हुने भनिएको सर्वदलीय भेलाको कार्यसूची, क्षेत्राधिकारलगायतका विषयहरुमा सत्तारुढ दलहरु बिच नै एकमत नभएका कारण आफुहरु भेला नबसेको बताएका छन् । अध्यक्ष वैद्यले आज एक प्रेस विज्ञप्ती जारी गर्दै सर्वदलीय सम्मेलनलाई संविधानको विषयमा मात्र सीमित राख्ने, त्यसमा पनि दलहरुबाट राय सल्लाह र सुझाव लिने प्रकृतिको बनाउने, सम्मेलनबाट कुनै पनि राजनीतिक निर्णयहरु लिन नसक्ने लगायतका विषयमा सक्तासाझेदार दलहरुले लिखित सहमति नगर्ने बताएपछि आफुहरु यस्तो बाध्यात्मक कदम उठाउनु परेको जनाएका छन् ।
सक्तारुढ दलको लेडे ढीपीका कारण सम्मलेनको कुनै अर्थ र औचित्य नदेखेकाले र हामी मात्र चचिलो भएर निकास ननिस्किने देखेको वैद्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । नेकपा–माओवादीसहित तेत्तिस दलीय राष्ट्रिय मोर्चा, नेपालले उठाउँदै आइरहेको प्रस्ताव सर्वविदितै भएकाले नयाँ संविधान निर्माण, शान्तिप्रक्रियाका कार्यहरु र दूरगामी प्रभाव पर्ने राष्ट्रिय राजनीतिक महत्वका विषयहरुबारे सर्वपक्षीय राजनीतिक सम्मलेनद्वारा राष्ट्रिय सहमति कायम गरेर विद्यमान समस्याहरुको निकास खोजिनुपर्नेमा सकारात्मक भएको विज्ञप्तीमा अल्लेख छ ।
नेकपा माओवादीले दलहरुबीच वार्ता र संवाद जारी राख्दै सम्मेलनको कार्यसूची, सहमतिले निर्णय गर्न सक्ने क्षेत्राधिकार र सम्मलेनबाट सम्बोधन गर्न नसकिने विषयहरुमा सहमति कायम गर्ने वैकल्पिक उपायहरुबारे लिखित सहमति नहुँदासम्म सर्वदलीय सम्मलेनको औचित्य नरहने समेत प्रस्ट पारेको अध्यक्षको हस्ताक्षर सहीत जारी विज्ञप्तिमा उल्लेख छ।