भदौ२७, काठमाडौं – सर्बोच्च अदालतका बरिष्ठ न्यायाधीश रामकुमार प्रसाद साहलाई प्रधान न्यायाधीश पदका लागि आज सिफारिस गरेको छ । आज विहान संवैधानिक परिषदको बसेको बरिष्ठ न्यायाधीश साहलाई प्रधान न्यायाधीसका लागि रिफारिस गर्ने निर्णय गरेको हो । यस अघि परिषदले सर्वोच्च अदालतका पाँच जना बरिष्ठ न्यायाधीशहरुलाई प्रधान न्यायाधीशका लागि नाम पठाइएको थियो। ति मध्ये शाहलाई बरिष्ठताका आधारमा प्रधान न्यायाधीश पदका लागि सिफारिस गरिएको हो । प्रधानमन्त्री सुशील कोइरालाको अध्यक्षतामा बसेको परिषद बैठकले साहको नाम सिफारिस गरि संसदीय सुनुवाई विशेष समितिमा पठाइने निर्णय गरेको प्रम कोइराला निकट स्रोतले इमेलखबरलाई जानकारी दिए । संसदीय सुनुवाइ पछि शाहको नाम राष्ट्रपतिले अनुमोदन गर्नेछन् । त्यसपछि उनले प्रधान न्यायाधीशको जिम्मेवारी सम्हाल्ने छन । २००७ साल असार २४ गते जन्मेका साहले उमेरको हदबन्दीका कारण ९ महिना मात्रै सर्वोच्च अदालतको नेतृत्व सम्हाल्न पाउने छन्। प्रधान न्यायाधीश दामोदर प्रसाद शर्माले असोज २३ गते उमेर हदका कारण अनिवार्य अवकाश पाउने भएकाले पनि प्रधान न्यायाधीश छनोटको काम चाडो गर्नु पर्ने थियो । त्यसअघि तत्कालिन प्रधान न्यायाधीश खिलराज रेग्मी मन्त्रिपरिषद अध्यक्ष भएपछि शर्माले कामु प्रधान न्यायाधीश भएर एक वर्ष काम गरेका थिए ।
लामो कसरतपछि प्रधान न्यायाधिशका लागि नाम सिफरिस भएपनि अख्तियार, लोकसेवा, राष्ट«िय मानवअधिकार आयोग लगायत संवैधानिक अंगमा लामो समयदेखि पदाधिकारी नियुतmी हुन नसक्दा कामकाज प्रभावित हुदै आएको छ । यी संवैधानिक अंगमा पदाधिकारी नियुतmीका बिषयमा परिषदको आजको बैठमा केही छलफल नभए बतायएको छ ।
प्रधान न्यायाधीशको नाम सिफारिस,अन्य संवैधानिक अंगबारे अन्योल कायमै
