भदौ १८, संखुवासभा-संखुवासभाको दुर्गम गाउँमा खान नपाएर भन्दा पनि खान नजानेर अधिकांश बालबालिकामा कुपोषण हुने गरेको पाइएको छ । कुन उमेरका बालबालिकाकालाई के खुवाउने र के नखुवाउने ज्ञान अभिभावकमा नहुँदा बालबालिका कुपोषणबाट पीडित भएका हुन् ।जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा.मदनकुमार उपाध्यायले भने, ‘यहाँको अवस्था फरक छ । खान नपाएर होइन, खान नजानेर बढी कुपोषित छन् ।’
जिल्ला स्वास्थ्य कार्यालय र सेभ द चिल्ड्रेनको सुआहारा कार्यक्रमले गरेको अध्ययन अनुसार गाउँका अभिभावकमा दुई वर्षमुनिका बालबालिकाको पोषण र उनीहरुलाई खुवाउने तरिकाबारे खासै ज्ञान छैन । कतिपय क्षेत्रमा छाक टार्न बालबालिकालाई जाँड समेत खुवाउने गरिन्छ । ‘ठूलाले जे खान्छन्, बालबच्चालाई पनि त्यही कोचाउन खोजिन्छ, त्यसले समस्या आउँछ’, डा.उपाध्यायले भने । अन्नपूर्ण पोष्टमा खबर छ ।
संखुवासभामा दुई वर्षमुनिका सात हजार ७८ बालबालिकामा कुनै न कुनै रोग भेटिएको छ । आदिवासी जनजाति बाहुल्य यस जिल्लामा बाल्यकालदेखि नै मदीरा खुवाउने, पाचनयोग्य खानेकुरा नखुवाउने र बयस्कले खाने खाना बालबालिकालाई पनि दिने गरिन्छ । एक वर्ष नपुग्दै कोदोको ढिंडो खुवाउने चलन पनि छ । गर्भवति महिलाले पौष्टिक खानेकुरामा ध्यान नदिदा पनि नवजात शिशुमा कुपोषण देखिने गरेको छ । उत्तरी चार गाविस किमाथांका, हटिया, चेपुवा र पावाखोलाका करिब पाँचसय बालबालिका कुपोषित भएका छन् ।