भदौ १६,काठमाडौँ- पाकिस्तानमा सरकार विरोधी आन्दोलन गरिरहेका विपक्षी दलका कार्यकर्ताहरुले सोमबार त्यहाँको सरकारी टेलिभिजनमा हमला गरेका छन् । उनीहरु पाकिस्तानको राजधानी इस्लामावादमा रहेको पाकिस्तान टिभीको कार्यालयमै प्रवेश गर्नुका साथै कार्यालय बाहिरबाट पनि ढुङ्गामुढा गरी क्षति पु¥याएका बताइएको छ । सो टेलिभिजनका एकजना समाचारबाचकले भने– उनीहरु अकस्मात कार्यालयमै प्रवेश गरे र हमला गरी कार्यालयमा क्षति पु¥याए । साथै उनीहरुले त्यहाँ कार्यरत पत्रकार तथा कर्मचारीलाई टेलिभिजनको सेवा कुनैपनि समयमा अवरोध गरिदिने धम्की पनि दिएका थिए । पाकिस्तानमा केही हप्तादेखि सरकारको विरोधमा प्रदर्शन जारी छ । आइतबार मात्र सो प्रदर्शनमा गरिएको प्रहरी हस्तक्षेपमा दुई जना प्रदर्शनकारीको ज्यान गएपछि उनीहरु आज थप आक्रामक बनेको बताइएको छ ।