भदौ १६, काठमाडौँ-राष्टिय बाणिज्य बैँकले नेपाल इन्भेष्टमेन्ट बैँक र नेपाल आवास फाइनान्समा रहेको क्रस होल्डीङ सेयर आजदेखि बिक्रि गर्ने भएको छ । पुर्ण सरकारी स्वामित्वमा रहेको राष्टिय वाणिज्य बैँकसँग यी दुइ विक्तिय संस्थाको ६४ लाख १८ हजार ५ सय ६३ कित्ता प्रवद्धक सेयर छ ।
वाणिज्य बैँकसँग इन्भेटमेन्टको १५ प्रतिशत किक्ता प्रवद्धक छ । वाण्ज्यि बैँकले दुवै विक्तिय संस्थाको सेयर न्युनतम मुल्य तोकेर आजदेखि ३० गतेसम्म लिलाम बढावामा बिक्रि गर्न लागेको बैँकका प्रमुख कार्यकारी अधिकृत कृष्ण प्रसादले जानकारी दिए ।
नेपाल इन्भेष्टमेन्ट बौको सेयर न्युनतम ५ सय ३० र नेपाल आवास फाइनान्सको न्युनतम एक सय एक मुल्यम आवेदन दिन सकिन्छ । शर्माका अनुसार जसले बढी मुल्य राखेर आवेदन गर्यो उसले बढी सेयर पाउनेछ ।