युक्रेन हिंसामा रुस जिम्मेवार : ओबामा

भदौ १३, काठमाडौँ – अमेरिकी राष्ट्रपति बराक ओबामाले पूर्वी युक्रेनको हिंसामा रुस जिम्मेवार रहेको आरोप लगाएका छन् । ओबामाले संघर्ष युक्रेनका आदिवासी नभइ रुसको गहिरो संलग्नताको परिणाम भएको बताए  ।

अमेरिकी राष्ट्रपतिले रुसी सेनाले युक्रेनमा खेलेको भूमिकाले विश्वलाई नै पीडा दिएको दावी गर्नुभयो । रसियाले भने एक हजार रुसी सेना पृथकतावादी संघर्षमा संलग्न रहेको आरेपलाई अस्वीकार गरेको छ । रुसले युक्रेनले नै उसका जनतालाई आक्रमण गरिरहेको आरोप लगाएको छ ।