भदौ १३, सुनसरी – सुनसरीको हरिपुरमा एम्बुलेन्स दुर्घटना हुँदा एक महिलासहित चारजना घाइते भएका छन् । पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरका अनुसार सिरहा गोविन्दपुरबाट बिरामी लिएर आउँदै गरेको एम्बुलेन्स बाटोमा रोकिराखेको ना४ख ८१९६ नम्बरको ट्रकसँग ठक्कर खाँदा उक्त दुर्घटना भएको हो । घाइतेहरूको धरानस्थत बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
एम्बुलेन्स दुर्घटनामा चारजना घाइते
