नेतृ, मिना गुरुङ (नेकपा एमाले)
– झण्डै डेढ वर्ष पछि तपाइ फेरि माउ पार्टीमैं फर्किनु भयो, आखिर किन ?
कुरा माउ पार्टीमा अहिले किन फर्किनु भो, भन्दा पनि त्यतीखेर हामीले किन पार्टी छाड्यौं भन्ने कुराबाट सुरु गरौं होला । त्यतिबेला हामीले एउटा मुद्दा लिएर तत्कालिन नेकपा एमालेको नेतृत्वसंग धेरै छलफल गर्यौ । पार्टी नेतृत्वसंग बहश छलफल हुंदैं जादा कतिपय मुद्दामा सहमती हुन सकेन । त्यसमा पनि त्यतिखेरको हाम्रो खास मुद्दा एकल जातिय पहिचान सहितको संघिय राज्य हुनु पर्ने भन्ने थियो । त्यो नेतृत्वले नस्वीकार्ने भनेपछि हामी अलग भयौं, र अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीमा लागौं । म केन्द्रिय सचिव भएर काम पनि गरे । आफ्नो जीवनको लामो समय खर्चेको पार्टी छोडेर काम गर्न असहज हुदो रहेछ हेर्नुस । अलग भएपनि १९ महिना सम्म हामीले आफ्नो माउ पार्टी एमालेलाई धेरै सम्झियौ । अनि उपयुतm समयमा अहिले माउ पार्टीमैं फर्केकी हुा ।
– १९ महिनासम्म एमालेकैं सम्झना किन ?
खास कुरा के भने, जब मान्छे आफ्नो जन्मघर छोडेर जान्छ, अनि उ गएको घरमा उसलाई शान्ती, आराम,सम्मान र मनले चाहेको कुरा भएन भने, उसले सम्झिने त्यही जन्म घर त हो । की होइन भन्नुस त ? म संघीय समाजवादी पार्टीमा जाादा पनि त्यही भयो, जन्म घर सम्झिए र आए । फेरि नया पार्टी बनाएर चलाउनलाई निकै गाह्रो हुंदो रहेछ हेर्नुस । जातीय सङगठनबाट आएका साथीसंग काम गर्दा त झन अशान्ती मात्रै ।
– भने पछि तत्कालिन समयमा एमाले छाड्नु हतारको निर्णय हो भन्ने तपाईहरुको निष्र्कष ?
हो, हतारको निर्णय थियो भन्ने लाग्यो र अन्तिम निष्र्कषका साथ मैले संघीय समाजवादी पार्टी छोडे ।
– एकल जातीय पहिचानको मुद्दा पनि गलत हो त्यसो भए ?
एकल जातिय पहिचान नैं मुक्ति र उत्पिडनको मुख्य औषधी हो भन्नु समग्रताको बुझाई र माग भन्दा पनि केही व्याक्ति बिषेशको स्वार्थबाट प्रेरित रहेछ भन्ने अहिले बुझ्यौं । एक्काइसौ शताब्दीमा हरेक व्याक्ति, समाज, संस्कृतीको पहिचान हुनुपर्दछ र यो अहिले पनि हाम्रो माग हो । तर एकल जातिय पहिचान र एकल जातिय राज्य भन्नु झगडाको मुल हो भन्ने मलाई लाग्छ ।
– एमाले महाधिवेशनको समयमा पार्टि प्रवेश गर्दा कार्यकताबाट चुनिएर कुनै महत्वपुर्ण जिम्मेवारीमा पुग्नु हुन्थ्यो तर, अब त्यो संभावना टरेको तापाईलाइ लाग्दैन ?
हो, महाधिवेशनको समयमा पार्टिमा फर्किएको भए पनि ठिकै हुन्थ्यो । र अहिले फर्किएर पनि कुनै नराम्रो भन्ने भन्न मिल्दैन । म कुनै पदको लोभ गर्ने मान्छे पनि होइन, त्यो आफनो दक्षता, क्षमता र कार्य अनुभव अनुसार जिम्मेवारी पाउने हो । र, कुनै ठुलै पदमा बसेर मात्रै पार्टीमा काम गर्न सकिने र सामान्य कार्यकर्ता भएर काम गर्न नसकिने भन्ने हुदैन । काम गर्नेले जहाा बसेर पनि गर्न सक्छ । म नेकपा एमालेको कुनै उच्च कमिटीमा बसौला भनेर पनि आएको होइन । पार्टीले जहाा आवश्यकता देख्छ त्यहाा राख्नेछ र म आफनो जिम्मेरवारी निभाउने छुा । चाहे त्यो सङगठित सदस्य मात्रै किन नहोस म तयार छुं ।
– कति बर्ष नेकपा एमालेमा रहेर काम गर्नु भयो ?
२०३५ सालमा जब पाकिस्तानमा जुल्पिकर भुट्टोको हत्या भयो त्यसपछि विधार्थी पाकिस्तान एम्बेस्सीमा ज्ञापनपत्र बुझाउन जादा भएको आन्दोलनबाट म प्रेरित भए र मैले राजनीति सुरु गरेकी हु । त्यती बेला म कक्षा १० मा पढ्थे । त्यतिबेला माले र त्यसपछिको नेकपा एमालेमा म आबद्ध भए र अहिलेसम्म निरन्तर लागी परीरहेकी छु ।
– उत्पीडित जाति, समुदायहरुको हकहितका लागि उठिरहेका मुद्दा कतिहदसम्म सम्बोधन होलान र परिर्बतनका लागि उठेका यि सबै आवाजलाई कसरि मिलाएर लैजान सकिन्छ ?
सर्बप्रथम त हामीले बुझ्नु पर्ने कुरा के हो भने एकतामा नैं सबै कुरा सम्भव हुन्छ । अझ परिर्बतन र समानताको लडाइमा त झन एकताको खााचो बढी हुने गर्दछ । अहिले जति पनि परिर्बतनका आवाज उठिरहेका छन् चाहे त्यो देशको संरचना होस या समाजको आमुल परिर्बतन । यी सबै कुरामा परिर्बतनगामीहरुको एकता हुनु आवश्य छ । जस्तो नेकपा एमाले छोडेकाले संघीय समाजवादी पार्टी गठन गरे त्यो फुटलाई नेपाली जनताले त्यती मन पराएनन् जुन यसपालाको संविधान सभाको निर्वाचनमा देखियो । त्यही नेपाली जनताको मन बुझेर आफुहरु एमालेलाई अझ बलियो वनाउनका लागि माउ पार्टी मैं फर्किएका हौं ।
– संघीय समाजवादीका नेता कार्यकर्ताहरु ठुलो संख्यामा आफनैं पुरानो पार्टीमा फर्किने दावी यहाले गर्दै आउनु भएको छ हैन् ?
यो मेरो दावी यहााले भन्नु भयो तर यर्थात यही हो । तपाई हेर्दै जानुस । समाजवादीमा गएका कााग्रेसका साथी त्यसैगरि एकिकृत माओवादीबाट गएका साथीहरु पनि आफ्नो माउ पार्टीमा छिट्टै फर्किदै छन् । त्यो किन भन्नु हन्छ भने, उनिहरुले हामीले जस्तै हतारमा निर्णय गरे र समाजवादीमा गए । वास्तवमा ति साथीहरुले पनि एकल जातिय पहिचान सहितको संघीयता मन पराएका छैनन् र त्यसैले अशोक राईको साथ छोड्दैछन् । जातीय पहिचान सहितको संघीयता अहिले पनि हाम्रो माग हो । कुनै पनि मुद्दा ठुलै ठाउमा बसेर उठाउनु पर्दो रहेछ, त्यो ठाउा भनेको नेकपा एमालेनै भएकाले हामी फेरि पनि फक्र्यौ । पहिचान सहितको संघियताको लागि एमाले भित्र आवाज उठाइरहेका साथीहरुसंग मिलेर अब काम गर्छौं ।
– तपाई जुन संख्यामा एमालेबाट साथीहरु लिएर जानुभाथ्यो ति सबै त फर्काउन सक्नु भएन नि ?
छुट्टै पार्टी बनाउ, नेता बनु, नेतृत्व लिउ भनेर जानुभाका साथीहरु पनि हुनुहुन्थ्यो होला त्यो बेला । आग्रह पुर्बाग्रह राखेर गएका साथीहरुलाई म फर्कनुस पनि भन्दिन, किनकी तिनीको कामै छैन । म लगाएत बिजय सुब्बा, चौधरी जी, थारु जी लगायत हामी ३५ जना एमालेमा नफर्किदा पनि एमाले चली नै राख्याथ्यो । ठुल्यै पार्टी थियो र हामी फर्किदा केही आकार बढ्ला तर त्यसले त्यती फरक पार्दैन । हामीले एमालेलाई रगत पसिना बगाएर बनाएका हौं, त्यसैले आफनो माग बिचार त्यही पार्टीमा राख्नु पर्छ र संविधानमा ति मागहरु समेटिनु पर्छ भनेर आएका हौं । यदि यही बिचार ति साथीहरुको पनि हो भने, म ति साथीहरुलाई माउ पार्टी एमाले मैं फर्कन आव्हान पनि गर्छु ।
– हामी एकल पहिचान सहितको संघियतालाई स्थापीत गराउछौ भनेर तपाइले धेरै जनतालाई भन्नुभाएको छ । अब तिनीहरुले त गाली गर्लान नि, के भन्नुहुन्छ उनिहरुलाई ?
होइन, व्याक्तिगत रुपमा एकल पहिचान सहितको संघियता नेपाली धर्तीलाई सुहाउदो रहेनछ भन्ने ठम्माईका साथ हामी पश्चताप गर्दै फर्किएका छौ । १ करोड ६८ लाख मतदाता भएको देशमा ९२ लाख मात्र मत खस्यो र त्यसमा पनि एकल जातिय पहिचानको मुद्धा बोकेको मेरो तत्कालीन पार्टी संघीय समाजवादी पार्टीले जम्मा १ लाख २१ ह्जार ५ सय ८० मत पायो भने अनि के भन्नुहुन्छ । त्यसैले त्यो सबै भ्रम मात्रै भएकाले एमालेले भनेको बहुजातिय पहिचानको संघियतामा उभिन म आव्हान गर्छु ।
– सभासद नबनाएकै कारण मिना गुरुङ रिसाएकी हुन भनेर पनि भनिन्छ नि ?
त्यस्तो हुदैं होइन । सभासद भएर मात्रै सबैथोक हुन्छ भन्ने हुदैंन । मैले कहिल्यै पनि व्याक्तिगत स्वार्थका लागि राजनीति गरिन र अब पनि गर्दिन । एमालेको नेतृत्वमा रहनुभएका साथीहरु साग बुज्दा हुन्छ । मेरो ३६ बर्षको एमालेको राजनीतिमा मैले कहिल्यै पनि यो पद चाहियो भनेको थिइन । हामी मन्त्री र सभासद बन्नका लागी पार्टी परीत्याग गरेको आरोप लगाइएको छ । त्यो सरासर गलत हो । हामी मन्त्री र सांसद बन्नका लागी फेरि एमालेमा फर्किएका होइनौं ।
– अब एमालेमा तापाई आफ्नो स्थान कहाा भए हुन्थ्यो भन्ने अपेक्षा गर्नु भएको छ ?
त्यो त नेकपा एमालेको पार्टी नेतृत्वले विचार गर्ने कुरा हो । मलाई यो जिम्मेवारी चाहिन्छ भनेर मैले कहिलैं भन्दा नि भनिन यस पटक पनि भन्दिन । मलाई जहा राखे पनि पार्टीलाइ हित हुने काम नै गर्छु । तर, एउटा कुरा एमाले नेतृत्व, नेताहरु, लगाएत कार्यकर्ताहरुले हामीमाथि कुनै बिभेद नगरि समान ब्यवहार गरोस भन्ने चै हो ।