काठमाडौँ- अभिनेत्री स्वेता खड्काले आफूलाई जति कसैलाई पनि दुःख नदिन भगवानसँग प्रार्थना गरेकी छन् । अभिनेता स्व. श्रीकृष्ण श्रेष्ठकी पत्नी श्वेताले फेसबुकमा आफ्नो बिलौना पोखेकी छन् । ‘भगवान पनि पछुतायो होला अब गल्ती गरेछु भनेर ।
कोसँग दुःख सेयर गरौं भगवान । जब तिमीले यति दुःख दिएपछि कमसेकम हे भगवान भन्ने ठाउँ त राखिदिनुपर्छ,’ उनले लेखेकी छन्, ‘अझै पनि अलिकति विश्वास छ हामीलाई । जे गर्यौ मलाई । जति दुःख दियौ । प्लिज कसैको जीवनमा भुलेर पनि यस्तो दुःख नदेखाउन भगवान ।
सहन गाह्रो भयो मलाई….।’ श्रीकृष्णको साउन २४ गते नयाँदिल्लीमा उपचारकोक्रममा निधन भएको थियो । श्रीकृष्ण-स्वेताको लगनगाँठो असार २३ गते गाँसिएको थियो ।’कहाँ भेटिएला’ फिल्मदेखि श्रीकृष्णसँग अभिनयमा जोडिएकी स्वेता शोकमा विक्षिप्त छन् । कान्तिपुर दैनिकमा खबर छ ।