भदौ ९, काठमाडौँ – नेकपा माओवादीका अध्यक्ष मोहन वैद्यले पार्टी भित्र भएको बिचारको बहसले नया क्रान्ति जन्माउने बताएका छन् । माओवादी भित्रको बिवाद अरुपार्टीको जस्तो पदको नभएकाले यो विवादले नया दिशाको बाटो तय हुने उनको भनाई छ । क्रान्तीकारी पत्रकार महासंघ पाल्पाले आज तानसेनमा गरेको पत्रकार भेटघाटमा बैद्यले बहसले पार्टीलाई थप क्रान्तीकारी बनाउने र जनअपेक्षा अनुसार अघि बढ्न प्रेरित गर्ने बताए । नेकपा माओवादीलाई बाहिर राखेर निर्माण हुन लागेको संविधान निर्माणले जनभावना समेट्न नसक्ने भन्दै उनले अहिलेकै अवस्थामा माघ ८ भित्र संविधान जारी हुन पनि नसक्ने ठोकुवा गरेका छन् ।
माओवादीको बहसले नया क्रान्ति जन्माउँछ : वैद्य
