भदौ ९, काठमाडौं – सिन्धुपाल्चोकमा फेरि पहिरो जाँदा चार जना बेपत्ता भएका छन । जिल्लाको बराम्चीको एक नम्बर वडा स्थित अमारेमा घरमाथि पहिरो जाँदा निरबहादु थापा, उनकी श्रीमती गणेशा, भाइ डम्बर र उनका छोरा महादेव वेपत्ता भएका हुन । पहिरोका कारण तीन घर समेत पुरिएको जनाएको छ । आज दिउसो एक्कासी पहिरो आउदा सो घटना भएको प्रहरीको भनाई छ । पहिरोमा पुरिएकी स्थानिय चन्द्रावती थापाको प्रहरीले सकुसल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । हिजो रातिदेखिनैं सो ठाउँमा पहिरो जाने खतरा भएको बताईएको थियो । आज घरभित्रबाट सामान निकाल्न गएका उनिहरुको पहिरोमा परि ज्यान गएको बताईएको छ ।
सिन्धुपाल्चोकमा पहिरो जाँदा चार जना बेपत्ता
