भदौ ८, काठमाडौँ – संविधानका विबादित मुद्धालाई लिएर प्रमुख तीन दलबीच द्धिपक्षिय र त्रिपक्षिय छलफलले तीब्रता पाएको छ । सक्ता साझेदार दल नेपाली काँगे्रस र नेकपा एमाले बिच संविधान निर्माणका थाती विवादमा साझा धारणा बनाउने सहमती हिजो भएसँगै आज पनी नेकपा माओवादी सहित शिर्ष दलले छलफललाई निरन्तरता दिने भएका छन् ।
राज्य पुन संरचना , शासकीय स्वरुप लगायतका मुद्धामा तीन दलमा सहमती कायम गर्ने गरी हिजोबाट दलहरुले सिुरु गरेको वार्ता आज बहुपक्षिय रुपमा हुने भएको हो । संविधान निर्माण प्रक्रियामा सहभागी गराउन आज सरकारले नेकपा माओवादी सहित चरणबद्ध छलफल गर्दैछ । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा हुने पहिलो चरणको छलफल बिहान ९ बजेपछि बैद्य माओवादी सहित सक्तासाझेदार दल काँगे्रस एमालेबिच हुने सरकारका प्रवक्ता एवंम संचारमन्त्री मिनेन्द्र रिजालले जानकारी दिए ।
त्यस्तै दिउासो ३ बजे हुने दाश्रो चरणको छलफल नेकपा माओवादी सहित ४ दल बिच हुनेछ । बहुपक्षिय छलफल पछि आजै साँझ तेश्रो चरणको छलफल सक्तासाझेदार काँग्रेस एमालेबिच हुने प्रवक्ता रिजालले बताए ।
यसअघि हिजो दुइ चरणमा भएको दुई दलिय छलफलले संविधानका विवाद र सरकार सञ्चालनका चुनौती सम्बन्धी एजेन्डा तय गर्दै साझा धारणा र रणनीति निर्माणमा जुट्ने सहमती भएको थियो । साझा रणनीति बनाउन द्धिपक्षिय वार्ता जारी खाख्ने सक्तासाझेदार काँगे्रस एमालेको समझदारी भएपनि कुनै सहमती भने भइसकेको छैन ।