नयाँ शिक्षकलाई पुरानाले हाजिर गर्न दिएनन्

भदौ ८, काठमाडौँ – सीतापाइलास्थित सीतापाइला उच्च माध्यमिक विद्यालयमा जिल्ला शिक्षा कार्यालय काठमाडौंले माध्यमिक तहको दरबन्दीसहित नयाँ शिक्षक नियुक्त गरेर पठायो । तर, नियुक्तिपत्र लिएर गएका ती शिक्षकले विद्यालयमा हाजिर हुन पाएनन् । विद्यालयको प्रधानाध्यापक सावित्री शर्माले भनिन् पठायो । तर, नियुक्तिपत्र लिएर गएका ती शिक्षकले विद्यालयमा हाजिर हुन पाएनन् । विद्यालयको प्रधानाध्यापक सावित्री शर्माले भनिन्, ‘हामीलाई विज्ञानलगायत विषयको शिक्षक चाहिएको थियो ।

तर जिशिकाले अन्य विषयको शिक्षक पठाइदियो । आवश्यकता परेका विषयको शिक्षक नपठाई अन्य शिक्षक पठाएकाले नयाँलाई हाजिर गराउन नसकिएको हो ।मीनभवनस्थित सिद्धेश्वर माध्यमिक विद्यालयले पनि जिशिकाबाट नयाँ नियुक्तिपत्र लिएर आएका माध्यमिक तहका शिक्षकलाई हाजिर गर्न दिएन ।

आनको अन्नपूर्ण पोस्टमा लेख्छ, नयाँ शिक्षकलाई हाजिर गराउन नसक्नुमा विद्यालयका प्रधानाध्यापक प्रभाकर न्यौपानेले आवश्यक भन्दा फरक विषयका शिक्षक पठाउने जिशिकालाईदोस दिएका छन् । न्यौपानेले भने, ‘जिशिका विद्यालयलाई आवश्यकता परेको भन्दा आफूलाई मन परेको शिक्षक मात्र पठाउँछ । विषयगत रुपमा पढाउन नसक्ने शिक्षकलाई किन राख्ने भनेर फिर्ता पठाइदियौं । ‘