भदौ ६, इलाम – इलामका एक युवकले आफ्नै घरमा झुन्डिएर आत्महत्या गरेका छन् । २५ बर्षिय युवक सुरज रसाइलीले घोडा बाँध्ने डोरीको पासो लगाई आत्महत्या गरेको इलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ । घटनाबारे थप जानकारी लिन इलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक ईश्वर थापाको नेतृत्वमा प्रहरी टोली त्यसतर्फ लागेको छ । युवकले किन आत्महत्या गरे भन्ने बारेमा अझै केही खुलेको छैन ।
आफ्नै घरमा भुण्डीएर युवकद्वारा आत्महत्या
