साउन ३०, काठमाडौं – अविरल वर्षा संगै आएको पहिरोले घर भत्कीएपछि सल्यानमा एक वालिकाको मृत्यु भएको छ । कालिमाटि रामपुर २ मा घर माथीबाट आएको पहिरोले घर भत्कीदा वेपत्ता भएकी ७ वर्षिया वालिका विन्दु सिँजालि मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शारदा नगरपालिका ३ बडाखोला स्थीत डिल बहादुर बुढाथोकीको घर अविरल वर्षाको कारण भत्कीएको छ । मानविय रुपमा कुनै पनि क्षती नभए पनि घरमा रहेका लत्ता कपडा, अन्नपात लगाएतका सामान पुरिएको प्रहरीले जनाएको छ । शारदा नदि किनारमा रहेका घरहरु पनि डुबानमा परेका छन् । काभ्रेचौर ९ घुइयाबारीमा वर्षाको कारण बबइ खोला बढेर ३ घर डुबानमा परेका छन् । यस्तै राप्ती लोकमार्ग अन्तर्गत दाङ सल्यान रुकुम सडकखण्ड पनि अबरुद्ध भएको छ । अविरल वर्षाले तुलसिपुर कपुरकोट सडकखण्डको ठाउँठाउँमा पहिरो झर्दा कुनै पनि यातायातका साधन चल्न सकेका छैनन् ।