साउन ३०, काठमाडौं – नेपाल एलपी ग्यास उद्योग संघले नजिकिँदै गरेको चाडबाड वा जोडो मौसममा एलपी ग्यासको चरम अभाव हुन सक्ने चेतावनी दिएको छ । सरकारले माग अनुसार ग्यासको आयात गर्न नसकेको भन्दै संघले यस्तो चेतावनी दिएको हो । अहिले पनि बजारमा माग अनुसार ग्यास आयात नभएको र चाडबाड र जोडो मौसममा माग अझ बढ्ने भएकाले ग्यासको चरम अभाव हुने देखिएको संघका अध्यक्ष शिव घिमिरेले बताए । हाल नेपालमा मासिक २३ हजार मेट्रिक टन ग्यास आयात भइरहेको छ । माग भने मासिक ३१ हजार मेट्रिक टन छ । सामान्यतथा चाडबाड र जाडोयाममा ३० प्रशिशत माग बढ्छ ।नेपाल समाचरपत्र दैनिकमा खबर छ ।