साउन २८, सुनसरी – नेकपा माओवादीका अध्यक्ष मोहन वैद्यले एमाओवादीसँग तत्काल पार्टी एकता सम्भव नरहेको बताएका छन् । सुनसरी , मोरङ र झापा जिल्लाका कार्यकर्ताको संयुक्त प्रशिक्षण कार्यक्रममा धरान आएका बैद्यले एनेकपा माओवादीसँग एकता असम्भव रहेको उद्घोष गरे ।
एमाओवादीले नयाँ जनवादी क्रान्तिको बाटो अवलम्बन गरेमात्रै एकता सम्भव रहेको अध्यक्ष बैद्यको ठहर छ । बैद्यले सर्वपक्षीय राजनितीक सभाको माग गरिरहेको र अब माओवादीले लगत्तै आन्दोलनलाई पनि चर्काउने प्रस्ट्याएका छन् ।
संविधानसभामा रहेका दलहरुले जनताको विश्वास गुमाइसकेको हुनाले उनीहरुबाट जनअपेक्षा अनुरुपको संविधान नआउने बैद्यको भनाई छ ।