साउन २८, काठमाडौं – व्यवस्थापिका संसद्को बैठक बस्दैछ । आजको बैठकमा युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले राष्ट्रिय युवा परिषद् विधेयकमाथि विचार गरियोस् भनि प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको बताईएको छ । बैठकमा विनियोजन विधेयकमाथि पनि छलफल जारी रहनेछ । आज कानुन, न्याय, संविधानसभा तथा संसदीय मामिला मन्त्रालय र शान्ति तथा पुनर्निमाण मन्त्रालयको विभिन्न शीर्षकहरु माथि छलफल गर्ने सम्भावित कार्यसुची तयार गरिएको छ । बैठक दिउसो १ बजेपछि व्यवस्थापिका संसद् भवन नयाँवानेश्वरमा बस्नेछ ।
व्यवस्थापिका संसद्को बैठक बस्दैं
