काठमाडौँ – कहिले लोकगीतमा छमछम नाच्ने त कहिले आधुनीक गीतमा सिुरियस मुडमा देखा पर्ने पछिल्लो पुस्ताकी नायीका नीता ढुगांना झन् भन्दा झन् ब्यस्त हुन थालेकी छिन् ।
शुक्रबार उनी अनुबन्धित चलचित्र ‘भूलभुलैया’को छायाकंन सुरु भएको छ । चलचित्रमा नीतासँगै नायक स्वेते मानन्धर मुख्य भूमिकामा देखिने निर्देशक योगेश घिमिरेले जानकरी दिए ।
अर्का नायक जीवन लुइँटेल भने चलचित्रको यूनिटमा भदौ ३ गतेबाट आवद्ध हुने निर्माण युनिटले जनाएको छ ।
शुत्रबार राजधानीको बालाजु ल्याबमा भुलभुलैयाको गीतबाट चलचित्र छायाकंन शुरु गरिएको छ ।
निक्कै आकर्षक सेट लगाएर छायांकन भैरहेको गीतमा नायक स्वेत र नीताको जोडी खुब जमेको थियो ।
चलचित्रमा वसन्त सापकोटाको संगीत तथा कविराज गहतराजले नृत्य निर्देशन रहेको छ ।
निरज ढकाल कार्यकारी निर्माता रहेको सिनेमामा सुशिल कार्की, सुरेश गौतम, मणिराज दाहालको लगानी छ ।