साउन २३, काठमाडौँ – २० औं विश्व आदिवासी दिवसको पुर्वसन्ध्यामा आज नेपालका आदिवासी जनजातिहरुले विभिन्न कार्यक्रम गरी मनाउँदे छन् । नेपाल आदिबासी जनजाति महासंघले आज जलपान कार्यक्रम आयोजना गरेको अध्यक्ष नगेन्द्र कुमालले जानकारी दिए । कुमालका अनुसार आज अपरान्ह ३ बजे महासंघको कार्यलय कुसुन्तिमा जलपान कार्यक्रम हुदैछ । दिवसको दिन भोलि टुँडिखेलमा विषेश कार्यक्रम आयोजना गरिएको छ । साँस्कृतिक झाँकी सहितको र्याली र विषेश समारोह हुने महासंघले जनाएको छ । स्विटरजरल्यण्डको जेनेभामा १९८२ डसेम्बरमा बसेको संयुक्त राष्ट्र संघको आदिवासी जनसंख्या संम्बन्धि कार्यदलको पहिलो वैठकले प्रत्येक वर्षको ९ अगष्टलाई विश्वका आदिवासीहरुको अन्तराष्ट्रिय दिवसकोे रुपमा मनाउने निर्णय गरको थियो ।