साउन २३ काठमाडौं – प्रहरीले राजधानीका अन्य गुन्डामाथि निगरानी बढाइरहेको छ । गुन्डाका नाइके दिनेश अधिकारी चरी प्रहरीसँगको मुठभेडमा मारिएको भोलिपल्ट बिहीबार महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी पुष्कर कार्कीले अरु गुन्डामाथि पनि प्रहरीले निगरानी बढाइरहेको बताएका हुन् । राजधानीमा गुन्डागर्दी मौलएको उनको दाबी छ । फरार अपराधी खोज्ने प्रक्रियामा उपत्यकामा ठूलो संख्यामा प्रहरी टोली खटिएको उनको भनाइ छ । कार्कीले निगरानी बढाइएका अन्य गुन्डाको नाम भने खुलाउन चाहेनन् । आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।