साउन २१ , काठमाडौं – एमाओवादी नेता डां बाबुराम पक्षका नेताहरुको सानेपा बसेको आज बैठकले पार्टिले गरेको आफुमाथिको कारवाहीले संविधान निर्माण प्रक्रियामा नैं असर पार्ने निष्र्कश निकालेको छ । भट्टराई निवास सानेपामा बसेको दिउसो बसेको बैठकले दुई केन्द्रीय सदस्य रामरिझन यादव र गंगानारायण श्रेष्ठमाथि गरिएको कारवाही तत्काल फिर्ता नभए आगामी भदौ १० मा हुने केन्द्रीय समिति बैठक बहिस्कार गर्ने निर्णय समेत गरेको बताईएको छ । बैठकमा डं बाबुराम भट्टराई, हिसिला यमी, नवराज सुवेदी गंगानारयण श्रेष्ठ, प्रभु साह लगायतका नेताहरुको उपस्थिति थियो ।