नवलपरासी ८, काठमाडौँ – नवलपरासीको नयाँ बेलहानी गाविसको अरूणखोला बजारमा डेङ्गुका बिरामी फेला परेका छन् । फर्निचर उद्योगमा कार्यरत मजदुर बिरामी भई चितवन अस्पतालमा जाँच गराउँदा डेङ्गु फेला परेको हो ।
जिल्लामा डेङ्गुका बिरामी भेटिएपछि अहिले जिल्ला स्वास्थ्य कार्यालयले सो क्षेत्रमा सचेतना कार्यक्रम लैजाने भएको छ । बढी जोखिमपूर्ण नभए नयाँ बिरामी फेला परेको हँुदा सो क्षेत्रमा सरसफाइ र लामखुट्टे नियन्त्रणका कार्यक्रम लैजाने तयारी भइरहेको जनस्वास्थ्य प्रमुख मुकुन्द गौतमले बताउनुभयो ।
गत वर्ष पनि गैँडाकोट मुकुन्दपुरमा डेङ्गुका बिरामी फेला परेका थिए ।