साउन ८, काठमाडौँ – ताइवानमा विमान दुर्घटना हुँदा ५१ जनाको मृत्यु भएको भने ७ जना घाइते भएका छन् । बुधबार ट्रान्स एसिया एयरवेजको विमान आकस्मिक अवतरण गर्ने क्रममा मागोङ विमानस्थल नजिक दुर्घटना भएको बिबिसीले जनाएको छ ।
काओसिउङ सिआओग्याङ विमानस्थलबाट पेन्गुको मागोङका लागि उडेको विमानमा चालक दलका ४ जना सदस्य र ५४ जना यात्रु रहेका छन् । आकस्मिक अवतरणका क्रममा धावनमार्गमा विमानमा आगो लागेको थियो । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भैरहेको र थप अनुसन्धान भइरहेको अन्तराष्ठिय संचार माध्उमहरुले जनाएका छन् । ।