साउन ७, काठमाडौ– लाइसेन्स जारी गर्दा घुस लिने गरेको भन्दै अख्तियारले सवारी चालक अनुमतिपत्र कार्यालयका दुई जना कर्मचारीलाई निलम्बन गर्न आदेश दिएको छ । कार्यालयका कम्प्युटर अधिकृत राजेश पाछै महर्जन र कम्प्युटर अपरेटर पुस्कर चन्द्र घिमिरेलाई निलम्बन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई आख्तियारले आदेश दिएको हो । लाइसेन्स जारि गर्दा महर्जन र घिमिरेले अनिमियतता गरि घुस लिने गरेको भेटिएपछि कार्बाहीका लागि सिफारिस गरेको जनाएको छ । उनीहरुले प्रयोगात्मक परिक्षामा फेल भएकालाई पास गराउने र लाइसेन्स जारी भइसकेका व्यतmीका नम्बरबाट विवरण परिवर्तन गरेर पनि अन्य ब्यतmीलाई लाइसेन्स दिने गरेको समेत खुल्नमा आएको छ ।