साउन ५, विराटनगर – सरकारका प्रवतmा एवं सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले सरकारका मुख्य सचिव मिडीयाले नभई सरकारले फेर्ने बताएका छन् । बाहिर संचारमाध्यममा आए जस्तो मुख्य सचिव फेर्ने तत्काल सरकारको कुनै योजना नरहेको मन्त्रि रिजालले प्रष्ट पारेका छन् । विराटनगरमा आज पत्रकारहरुसंग कुराकानी गर्दे मन्त्री रिजालले सरकारका मुख्य सचिव फेर्नेबारे कहिं कतै कुरा नउठेको बताए । पत्रकारहरुको एक अर्को प्रश्नमा उनले नयां संबिधान कोइराला नेतृत्वको अहिलेको सरकारले नैं जारि गर्ने र संबिधान निमार्णको कार्य त्यस अनुसार नैं अघि बढिरहेको जानकारी दिए । मन्त्रि रिजालले लोकतान्त्रिक संविधान जारि गर्ने दायित्व सबै दलहरुको काँधमा रहेको र त्यसलाई निर्धारित समयमै जारि गर्नका लागि जनताको खबरदारी आवश्यक रहेको समेत औंल्याए ।