असार ३०, काठमाडौँ ।
भारतीय चलचित्र किकका कारण हाल चर्चामा रहेकी नायिका ज्याकलिनल फर्नान्डेजले उनका पूर्व प्रेमीको चलचित्र नर्हेने घोषणा गरेकी छिन् ।
हट नायिका ज्याकलिनले आफूले यसअघि उठबस गरेका उनका पूर्व प्रेमी ज्याकलीनको चलचित्र हलमा गएर नर्हेने बताएकी हुन् ।
उनले साजीदको चलचित्र ‘हमसकल’ घरमै बसेर टेलीभिजनमा हेरेर सोस पोख्ने पनि बताएकी छिन् ।
रिलिजको तर्खरमा रहेको चलचित्र किकका नायक सलमानका कारण पनि चर्चामा रहेकी ज्याकलीनले एक कुराकानीमा सलमानले आफूलाई घर किनीदिएको भन्ने कुरा हल्ला भएको र आफुले हालै मात्रै गाडी किन्न सकेको बताएकी छिन् ।
उनले आफ्नो कमाइले घर बनाउने सपना जीवनकै सुन्दर सपना भएको बताएकी छिन् ।