असार ३०, रौतहट –
घुस लिदा लिदै रौतहटका एक स्थानीय विकास अधिकारी पक्राउ परेका छन् । आज बिहान स्थानीय हेल्पलाइन नेपाल नामक सँस्थासंग १ लाख २० हजार घुस लिँदालिँदै वसन्तकुमार भण्डारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको हो ।
अख्तियारका अनुसार अभियुक्त भण्डारीले संस्थाका प्रतिनिधिलाई गौरमा रहेको आफ्नै निवासमा बोलाएर घुस लिएका थिए । थप अनुसन्धानका लागी भण्डारीलाई जिल्ला प्रहरी कार्यालय रौतहटमा राखिएको छ ।