असार २८, पोखरा –
सहारा क्लब पोखराको आयोजनामा गत फागुन २० देखि चैत १ गतेसम्म पोखरा रङ्गशालामा सञ्चालित बाह्रौँ आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको आय–व्यय आज सार्वजनिक गरिएको छ ।
‘खेलकुद विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकुद पर्यटन सहरका रूपमा स्थापित गरौँ’ भन्ने उद्देश्यबाट आयोजित उक्त प्रतियोगितामा २९ लाख एक हजार ७६७ बचत भएको छ ।
प्रतियोगितामा ७८ लाख ६२ हजार ७२४ आम्दानी र ४९ लाख ६० हजार ९५७ खर्च भएको कोषाध्यक्ष विश्वराज बरालले जानकारी दिए ।
प्रतियोगितामा प्रायोजनबाट २२ लाख पाँच हजार, प्रवेश टिकटबाट ३३ लाख ५५ हजार ११७, ब्यानर एवम् आर्थिक सहयोगबाट १९ लाख ३८ हजार ९१०, विजेता प्रोत्साहन आम्दानी तीन लाख ५१ हजार र बैंक ब्याजबाट १२ हजार ६९७ आम्दानी भएको थियो ।